मास्क पराठाः काेराेनाबारे सतर्कता सन्देश दिन मास्ककाे आकारमा राेटी बनाए रेष्टुरेन्टमा


लेखापढी      २५ असार २०७७, बिहीबार १३:१३

मास्क पराठाः काेराेनाबारे सतर्कता सन्देश दिन मास्ककाे आकारमा राेटी बनाए रेष्टुरेन्टमा

काेराेना भाइरसका कारण अहिले विश्वका हरेक मानिसकाे दिनचर्या बदलिएकाे छ । काेराेना भाइरसबाट जाेगिनका लागि मास्ककाे प्रयाेग महत्वपूर्ण रहेकाे छ । यसैगरी सामाजिक दुरी कायम, चस्मा लगाउने, साबुनपानीले हात धुने वा सेनेटाइजरकाे प्रयाेग, भिडभाडमा नजाने लगायतका कार्यहरू महत्वपूर्ण रहेका छन् । मास्क लगाउनका लागि सरकारले अनिवार्य समेत गरेकाे छ भने कतिपय संघसंस्थाहरूले अभियान समेत चलाएका छन् । 

यसका साथै मानिसहरूले टिसर्ट, टाेपी लगाएतका लुगाहरूमा पनि मास्क लगाआैं भन्ने नारा लेखिएका टिसर्ट हरू समेत लगाएकाे देख्न सकिन्छ । यसै विषयमा एउटा राेचक घटना भएकाे छ । 

भारतकाे तमिलनाडुकाे मदुरैई काे एउटा होटलले मास्ककाे आकार का पराठा बनाएकाे छ, जुन सबैले मन पराएका छन्   यसकाे नाम नैं ‘मास्क परांठा’ नैं राखिएकाे छ । 

याे बनाउने एल कुमार भन्छन् उनकाे दिमागमा याे विचार मंगलबार विहान नैं आयाे र उनले बनाउन सुरू गरे, यसमा अन्य कुनै मिहिनतकाे आवश्यकता छैन ।  कुमार ले भने  ‘मास्क परांठा’  हामीले आफ्ना सबै रेष्टुरेन्टहरूमा बनाउन सुरू गरिसकेका छाैं र मानिसहरू पनि खुबै मन पराइरहेका छन् ।

विशेष गरी यस पराठालाइ देखेर केटाकेटीहरू उत्सुक भएका छन् ।

साभारः एजेन्सी https://www.jagran.com/मास्क पराठा