भारतीय न्युज च्यानलमा लगाम: मल्टी सिस्टम अपरेटर


लेखापढी      २५ असार २०७७, बिहीबार २१:०८

भारतीय न्युज च्यानलमा लगाम: मल्टी सिस्टम अपरेटर

काठमाडौँ । केहि समय यता छिमेकी मुलुक भारत संगको सम्बन्धमा आएको विवादलाइ लिएर भारतीय मिडियाहरुले एकतर्फी रुपमा नेपाल सरकारको नकारात्मक टिप्पणी गर्ने गरेको छ । 

भारतीय मिडियाका बिभिन न्युज च्यानलहरुले नेपाली तथा नेपाली बिशिस्ठ नेताहरुको तर्कहीन, लाजमर्दो अनि निम्नस्तरको भिडियो बनाउने, न्गलत समाचार प्रसारण गर्ने देखिएको छ ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्‍यक्ष दिनेश सुवेदीले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएकाले हामीले भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्‍यानलहरुको प्रसारण साँझदेखि रोकेका हौँ।’

आज जी न्‍यूज, आजतक, एबिपीलगायत समाचार च्यानलहरु बन्द गरिएका हुन् तर भोलि मात्र औपचारिक रुपमा घोसणा गरिनेछ ।

यो पनि पढ्नुस – 

भारतीय मिडियाले हाम्रा अविभावक माथि गरेको अनगर्ल प्रचारको सबै मिलेर सामना गरौं !!https://lekhapadhee.com/2020/07/09/lekhapadhee-opinion/?fbclid=IwAR3mXKZ9inDEuG-ObqlcMQsG5cGw9H9svI-kWI0PDvbcKNvzZGV-vOIp_9o