आर्यन सिग्देल र प्रियंका कार्कीको सन्पेन्स, थ्रिलर मुभी घर-घरमा


लेखापढी      २४ असार २०७७, बुधबार २२:११

आर्यन सिग्देल र प्रियंका कार्कीको सन्पेन्स, थ्रिलर मुभी घर-घरमा

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको “क्रिटिक अवार्ड” पाउन सफल चलचित्र असाढ २६ गते “डिसहोम” ले सिनेमा घर च्यानल मार्फत प्रसारण गर्ने भएको छ ।

सस्पेंन्स, थ्रिलर अनि हरर जनरमा निर्मित चलचित्रमा अभिनेता आर्यन सिग्देल र प्रियंका कार्कीको चमत्कारिक अभिनय देख्न सक्छौ । समसामयिक सामाजिक बिषयहरुलाई सन्देशमुलक तवरले उठान गरिएको छ ।

कथा, पटकथा साथै गित निर्देशन कुशल निर्देशक सुदिप भुपाल सिंह स्वयं हुनुहुन्छ भने सोम बिक्रम सिंह, शिशिर सम्सेर जबरा प्रोड्युसर एबं मुख्य पात्रको भूमिकामा बिशेष नौलो शैलीको भरपुर मनोरन्जनात्मक चलचित्र रहेको छ । 

उक्त चलचित्रको क्यामरामा किशोर कार्की को महत्त्वपूर्ण योगदान रहेको जानकारी प्रोड्युसर सोम बिक्रम सिंहले दिनु भएको छ ।