फेरी नेकपा स्थायी समिति बैठक असार २४ गते बुधबारसम्मका लागि स्थगित


लेखापढी      २२ असार २०७७, सोमबार ११:५५

फेरी नेकपा स्थायी समिति बैठक असार २४ गते बुधबारसम्मका लागि स्थगित

काठमाडाैं ।आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।  नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको हाे । सोमबारका लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको  छ भने शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन । सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।