तिम्रो सरकार ‘उसै’ले चलाएको छ


लेखापढी      २२ असार २०७७, सोमबार १३:२४

तिम्रो सरकार ‘उसै’ले चलाएको छ

मध्यरातमा ‘उता’बाट कुनै, ‘रैबार’ आएकोछ ! 
सायद ! ‘नियुक्ति’ र ‘रमाना’,सँगै पठाएकोछ !!

कहिल्यै नसप्रेका ‘बिरुवा’, एकाएक उम्रेछन् ! 
हुनसक्छ ‘चिकित्सक’ले ‘ओखतो’ पठाएकोछ !!

जसलाई तिमी चोकचोकमा, धारे हात लगाउँछौ ! 
नबिर्सिनु तिम्रो सरकार, ‘उसै’ले चलाएकोछ !!

इमान,जमान,नैतिकता, सबै हराएको छ !
त्यसैले त सगरमाथा, खूब लजाएको छ !!

भो ! तिमी देश डुब्न लागेको, समाचार नल्याउ !
अहिले तिम्रो शासक, मस्त निदाएकोछ !!



हेमबाबु लेखक
महेन्द्रनगर, कंचनपुर
सुदुरपश्चिम


“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:- 
 lekhapadhee@gmail.com

हाम्राे फेसबुक पेज
हाम्राे फेसबुक पेज