उपत्यकामा ५४ जनासँगै साेमबार थपिए १८० जनामा काेराेना संक्रमण


लेखापढी      २२ असार २०७७, सोमबार १६:४१

उपत्यकामा ५४ जनासँगै साेमबार थपिए १८० जनामा काेराेना संक्रमण

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

यीसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ। एजेन्सी