झ्यालखानामा बिज्ञान प्रबिधि


लेखापढी      २१ असार २०७७, आईतवार १८:३४

झ्यालखानामा बिज्ञान प्रबिधि

हे कोरोना,
तिमि मानब जिवानलाई निकै भार भयौ !
छद्मभेषी रुप लिई संसार भरि भ्रमण गर्यौ !!

मानब क्रियाशीलता जति सुनसान बनाइ दियौ !
सामाजिक दायरा जति साघुरो बनाई  दियौ !!

मानब मनहरु जति शिथिल बनाई दियौ !
निरासा सोचहरुको सबै भण्डार बनायौ !!

खेदिएका मृग जस्तै भए मान्छे आज !
निर्धक्क भै पचाई दियौ हेर तिमीले लाज !!

सपनाको संसारमा कति बाच्ने रमाएर ?
चिरकालसम्म पीर-ब्यथा कति राख्ने लुकाएर ?

थाकिसके माथहरु बर्खे झरी ओत लाग्दै !
टन्टलापुर घाम छेक्ने शितल छहारी खोज्दै !!

दन्ते कथा जस्तै भयो संसारिक लिला आज !
कहिले हुन्छ मिर्मिरे बिहान कहिले ढल्छ साझ !!

कहिले सम्म बहकिन्छ उराठिलो तिम्रो हुरी !
कति रुग्छ संसार तिम्रो जाने बाटो कुरी !!

चलायमान संसार आज भड्खालोमा पार्यौ !
बिज्ञान र प्रविधिलाई झ्यालखानामा हाल्यौ !!



रघुबीर चन्द 
बेदकोट नगरपालिका, सामादैजी 
सुदुरपश्चिम प्रदेश


“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:- 
 lekhapadhee@gmail.com