ओलीको दुत बनेर देउवा भेटघाटमा सुबास नेम्वाङ्ग: दुवै पक्षको भेटघाट तिब्र


लेखापढी      २१ असार २०७७, आईतवार १६:५०

ओलीको दुत बनेर देउवा भेटघाटमा सुबास नेम्वाङ्ग: दुवै पक्षको भेटघाट तिब्र

रास्ट्रपति बिरुद्द महाअभियोग लगाउने  तथा आफु माथि राजनैतिक घेराबन्दी भएको भन्दै ओलीले जुनसुकै कदम छल्न सक्ने हुदा विभिन्न पक्षसंग भेटघाट तिब्र पारेको छ । 

ओलीले ‘पार्टी अहिले सङ्कटमा छ’ भन्दै पार्टीलाई जोगाउन मन्त्रीहरूलाई भूमिका खेल्न निर्देशन दिएको कुरा बाहिर आएको छ जस अनुरुप उच्च स्तरको भेटघाटमा तिब्रता देखिएको छ । एकजना अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरूले सरकार र पार्टी दुवैको नेतृत्वबाट ओली हट्नुपर्ने माग गरेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिँदै गएको छ।

आइतवार बिहान ओलीले आफू निकट नेकपाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

त्यसपछि नेकपाका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई ओलीले सन्देशसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पठाएका थिए।

ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवाकहाँ पठाएका हुन्।

तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताए।

 “देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि ‘हेलो भन्देउ है’ भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भनेर आएँ।”- नेम्वाङ्ग 

यसैबीच आइतवार दिउँसो ओली र अर्का अध्यक्ष दाहालबीच बालुवाटारमा भेटघाट भएको छ।

भेटघाटमा ओली र दाहाल पक्षका नेताहरू पनि सामेल भएको बुझिएको छ।

ओली र दाहालबीच समेत दूरी बढिरहेका बेला भएको यो भेटघाटले उनीहरूबीचको दूरी कम गर्ने ठानिएको भए पनि सहमति जुट्न नसकेको विवरण सार्वजनिक भएका छन्।

ओली र दाहालबीच सोमवार पुन: छलफल हुने विभिन्न स्रोतहरूलाई उल्लेख गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमबार  नेकपा स्थायी कमिटीको बैठक पनि बस्ने निश्चित भएको छ।