राजा आउ देश बचाउ भन्दै महेन्द्रनगरमा प्रर्दशन (भिडियाे सहित)


लेखापढी      २० असार २०७७, शनिबार १६:४९

राजा आउ देश बचाउ भन्दै महेन्द्रनगरमा प्रर्दशन (भिडियाे सहित)

महेन्द्रनगर : राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा आज महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको छ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको हाे । राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राज संस्थाप्रती आस्थावान स्थानीयले राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरेका हुन्।

 

राष्ट्रियताको संरक्षणका लागि देशमा राजाको आवश्यकता रहेकाले प्रर्दशन गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुले कुनै राजसंस्था बिना राष्ट्र र राष्ट्रियता जोगिन नसक्ने भएकाले अहिलेको आवश्यकता राजा भएको समेत प्रतिक्रिया दिएका छन् । एजेन्सी