बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्तीमा पहिरोले बगायाे १७ घर


लेखापढी      २० असार २०७७, शनिबार १०:१२

बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्तीमा पहिरोले बगायाे १७ घर

धनगढी : बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको छ। वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले अनलाइनखबरसँग भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिंगो वस्ती नै पहिरोको चपेटामा परेको बताए । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ । एजेन्सी


लेखापढी