एकै दिन अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५२५९


लेखापढी      १९ असार २०७७, शुक्रबार १७:५५

एकै दिन अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५२५९

१९ असार, काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ।

तीमध्ये ६,१४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । अहिलेसम्म प्रदेश नं ५, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

को हुन् मृतक?

मन्त्रालयका अनुसार असार १७ गते राति काठमाण्डूको एउटा अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

उनी नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्ध भएको डा. गौतमले बताए। ती व्यक्ति पार्किन्सन्स रोगबाट पीडित थिए। छाती दुखेको र पिसाब कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो। एजेन्सी

हाम्राे फेसबुक पेज
हाम्राे फेसबुक पेज