सोचेर बोल्नुस; बोलि फिर्ता आउँदैन । (छाेटाे प्रेरणादायी कथा)


सोचेर बोल्नुस; बोलि फिर्ता आउँदैन । (छाेटाे प्रेरणादायी कथा)

एक जना व्यक्तिले आफ्नो हितैषि साथीलाई एकपटक रिसको आबेगमा धेरै नराम्रो शब्द बोल्यो । उसले नराम्रो शब्द बोलेका कारण मनमुटाव भयो । केहि समय पछि उक्त व्यक्तिलाई आफुले गल्ति कुरा बोलेको महसुस भयो र साथीलाई बोलेको अपशब्द फिर्ता माग्न एक जना ठुलो विद्वानको घर गएर सोध्यो – मैले साथी लाई नराम्रो शब्द प्रयोग गरे तर अब म उक्त शब्द फिर्ता लिन चाहन्छु र हामी बीचको सम्बन्ध राम्रो होस भन्ने चाहन्छु ।

हाम्राे फेसबुक पेज

उक्त विद्वानले भन्यो तिमी  “रुखको २० वटा पात टिपेर परको बाटोमा छोडेरआफ्नो घर जाउ अनि भोलि आउनु बाकि उपाय भनौला ।”

अर्को दिन उक्त व्यक्ति फेरी विद्वानको घर पुग्यो अनि विद्वान्ले भन्नु भयो – जाउ हिजो बाटोमा छोडेको पात टिपेर ल्याउ ।
उक्त व्यक्ति पात टिप्न गयो तर उसले बाटोमा राखेको पात त्यहाँ थिएन, सबै उडेर गएछ । खालि हात फर्कियो अनि विद्वानले भन्नुभयो – जसरि तिमीले हिजो राखेको पात आज हरायो र तिमीले फिर्ता ल्याउन सकेनौ सोहि प्रकार बोलेको शब्द पनि फर्केर आउन सक्दैन ।

कथाबाट प्राप्त शिक्षा :- 
कुनै पनि शब्द बोल्नु अगाडी सोच्ने गरौ ।

कोहिसंग अपशब्द वा नमिठो नबोलौ । गल्तिको महसुस पश्चात माफी वा क्षमा त माग्न सकिन्छ र माग्नु पनि पर्छ तर उक्त नराम्रो बोलि, नमिठो शब्दले मानिसको मनमा दु:ख लागेको हुन सक्छ ।  रिस, आबेगमा बोलिएको अपशब्दले राम्रो मित्रतामा कुनै असर नहोस तसर्थ बोल्नु अगाडी सोचौ ।

रिस, आबेगमा बोलिएको अपशब्दले राम्रो मित्रतामा कुनै असर नहोस तसर्थ बोल्नु अगाडी सोचौ ।

story by:- D. chand thakuri 

“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:-
 lekhapadhee@gmail.com

 

 

 1,418 total views

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •   
  •  
  •