बलिउड चर्चित कोरियोग्राफर “सरोज खान”काे निधन


लेखापढी      १९ असार २०७७, शुक्रबार १६:५९

बलिउड चर्चित कोरियोग्राफर “सरोज खान”काे निधन

भारतीय चलचित्रकी चर्चित कोरियोग्राफर “सरोज खान” को ७१ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

गत जुन १७ गते देखि स्वास प्रश्वासमा केहि कठिनाइ देखिए पश्चात मुम्बई कै गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । भारतीय चलचित्रमा रहेर २००० भन्दा बढी चर्चित गितहरुमा कोरियोग्राफी गरिसकेको थिइन । बलिवुडमा करिब ४ दसकसम्म निरन्तर विभिन्न गीतमा निर्देशन गरेकी थिइन ।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन् ।  भारतीय चलचित्र क्षेत्र कि “मास्टर जी” उपनामले चिनिने नृत्य निर्देशकको निधनले सम्पूर्ण कला प्रेमीहरु स्तब्ध भएका छन साथै अमिताभ बच्चन, शाहरुख खान लगायत धेरै अभिनेताहरुले आफ्नो ट्वीटर मार्फत समबेदना प्रकट गरेका छन् । एजेन्सी