सुशान्त सिंह राजपुतको अन्तिम फिल्म- “दिल बेचरा” साउन ९ गते प्रदर्शन


लेखापढी      १९ असार २०७७, शुक्रबार ०१:०१

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म- “दिल बेचरा” साउन ९ गते प्रदर्शन

एजेन्सी । बलिउडका चर्चित नायक सुशान्त सिंह राजपुत द्वारा अभिनित अन्तिम फिल्म “दिल बेचरा” को ओटीटी(ओभर दि टप) प्रदर्शनमिति तय भएको छ । मुकेश छाब्रा निर्देशक रहेको आगामी जुलाई २४ (साउन ९) मा डिज्नी प्लस हटस्टारमा प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक मुकेश छाब्राले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै लेखेका छन – ‘सुशान्त बिना यो फिल्म प्रदर्शन गर्नुपर्ला भन्ने आफूले कहिल्यै सोचेको थिएन । ‘सुशान्त केवलनायक मात्र नभई ऊ प्रिय साथी पनि थियो । जसले हरेक राम्रो नराम्रो अवस्थामा मेरो साथ दियो,’ मुकेस छाब्राले लेखेका छन्, ‘काइ पो चे’ देखि ‘दिल बेचरा’ सम्म हामी एकदमै मिल्ने साथी भैसकेका थियौ” ।  ‘उसले वाचा गरेको थियो मेरो पहिलो फिल्म गर्छु भनेर । हामीले एकसाथ कयौं योजना बनाएका थियौं । कयाैं सपना एकसाथ देखेका थियौं ।’

‘दिल बेचरा’ हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को रिमेक हो । हलिउड फिल्म भने जोन ग्रिनको त्यही नामको पुस्तकमाथि आधारित थियो । छाब्राका अनुसार सुशान्तको प्रतिभाको उत्सव मनाउनका लागि यो फिल्म भन्दा अरु कुनै उपाय हुन सक्दैन ।

फिल्म नि:शुल्क हेर्न सकिने 

निर्देशकका रूपमा मुकेश छाब्राको यो पहिलो फिल्म हो । सुशान्तसँगै फिल्ममा नायिका सञ्जना सांघीको प्रमुख भूमिका छ । सञ्जनाले फिल्मबारे सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छिन्, ‘सुशान्तको माया र फिल्म प्रतिको उनको प्रेमका लागि यो फिल्म सबै सब्सक्राइबर र नन-सब्सक्राइबर्सका लागि उलपब्ध गरिनेछ ।’

यसको अर्थ बिना शुल्क यो एपबाट दर्शकले सुशान्तको अन्तिम फिल्म हेर्न पाउनेछन। डिज्नी हटस्टारले इन्स्टाग्राममा पोस्ट गर्दै सुशान्तको विरासतको उत्सव मनाउन फिल्म प्रदर्शन गर्ने निर्णय  सार्वजनिक गरेको थियो ।