अनशनरत युवा ई. र पुकारलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री


लेखापढी      १८ असार २०७७, बिहीबार २१:४८

अनशनरत युवा ई. र पुकारलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

१८ असार, काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

ई: र पुकार बमलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका हुन् । पाटनस्थित पाटन दरबार स्वायरमा ७ दिनदेखि अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार नै हृयाम्स लगिएको थियो ।

पाटनमा अनशन बसेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताउँदै अनशन तोडेर सम्वादमा आउन आग्रह गरेका थिए ।

कोरोना संक्रमणको जाँच गर्न पीसीआर विधिबाटै परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै युवाहरु असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

कोरोना संक्रमणको जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग  गर्दै ‘इनफ इज इनफ’  अभियान सुरू भएको थियो । सामाजिक सञ्जालबाट सुरू भएको अभियानकै आहृवानमा देशभर प्रदर्शन भयो ।

तर सरकारले माग सम्बोधन नगरेको भन्दै ई:, पुष्कर बम, सुदन गुरुङ र सुवानी सिंजापति असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।  एजेन्सी