समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)


समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)

मानिस धनि होस वा गरिब, सबैको जीवनमा आ-आफ्नै प्रकारको समस्या, कठिनाइ, पिडा, गाह्रो परिस्थिति जस्ता विभिन्न नकारात्मक अबस्था आइरहेका हुन्छन ।
जिवनमा आउने समस्याहरु संग डराएर हामी सोच्ने गर्छौ कि – “किन मलाइ मात्र यस्तो ? किन मलाइ मात्र दु:ख- पिडा”?

 
यस्तै दु:ख- पिडा संग सम्बन्धित घटना – एक बिश्व प्रख्यात अमेरिकन बिम्बल्डन टेनिस खेलाडी “आर्थर आसे” संगको प्रसंग रहेको छ।

आर्थर आसेलाई क्यान्सर रोग लागेको थियो । क्यान्सर रोगका कारण लामो समय अस्पताल भर्ना भएका थिए । जीवन र मृत्युको दोसाधमा रहेका आर्थरलाइ संसार भरिबाट लाखौ सुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गर्दै चिठ्ठी- पत्रहरु पठाईरहेका हुन्थे ।
लाखौ पत्रहरु मध्ये एक शुभचिन्तकले पत्रमा निकै भाबुक हुदै लेखेका थिए – “भगवानले तपाईलाइ मात्र किन यस्तो भयङ्कर रोगका लागि रोजेका होलान ?”

यस्तो मार्मिक पत्र अनि शब्द पढेर आर्थर आसेले जवाफ दिए – 

“यो संसारमा करिब पाँच (५ ) अर्ब बालबालिकाहरुले टेनिस खेल्न सुरु गर्छन होला,
जस मध्ये पचास (५०) लाखले खेल्न सिक्छन,
पाँच (५ ) लाख मानिसले व्यावसायिक रुपमा टेनिस खेल्छन,
पचास (५०) हजार जनाले विभिन्न प्रतियोगिताहरु खेल्छन,
पाच (५ ) हजार जना ग्राण्ड स्लामका लागि छनौट हुन सफल हुन्छन अनि
पचास (५०) जना मात्र बिम्बल्डन सम्म पुग्छन,
ति मध्ये केवल चार जना सेमीफाईनलमा पुग्छन र अन्तिममा मात्र २ जना फाईनलका लागि छानिन्छन ।

यति बिशाल खेल यात्रामा बिश्वकै सर्बश्रेष्ठ खेलाडी भएर उत्कृस्ट उपाधि जित्दा समेत मैले भगवान सँग कहिल्लै पनि “आखिर मलाई मात्र किन ?” भन्ने प्रश्न गरेको छैन भने आज अस्पतालको शैयामा हुँदा म यो प्रश्न कदापी गर्ने छैन ।

जीवन एक संघर्षपुर्ण यात्रा हो जुन हामीले सहनु पर्छ, हिम्मत गर्नु पर्छ, सफलताको बाटोमा यदि लड्यौ भने उठ्न खोज्नु पर्दछ ।
जीवनमा साथ छुट्न सक्छन, नयाँ बाटो खोज्नु सक्नुपर्दछ । 

                    “धैर्यता, निरन्तरता अनि साहस नै सफलता को सुत्र हो ।”



From: D. Chand Thakuri 

“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:-  lekhapadhee@gmail.com

 1,502 total views

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •   
  •  
  •