टिकटक मै मोज छ यहा


लेखापढी      १७ असार २०७७, बुधबार ०६:४३

टिकटक मै मोज छ यहा

सभ्यता र संस्कृतिको धज्जी उदाउनेको चकचकी छ यहा !
संस्कार भन्दा अहंकार होडबाजीको बिगबिगी छ यहा !!

सति साबित्रिको देशमा पबित्र नारि सौन्दर्यको अभाब छ यहा !
बिदेशी पहिरनमा सजिनेको बबालै बबाल छ यहाँ !!

गुन्यु चोलो बाइपास भए छोटो लुगाकै तमास छ यहा !
छोरी भन्दा आमा तरुनी हुन खोज्नेकै मास छ यहा !!

खाएको चुलो चौको पोत्नु भन्दा लाली पाउडरकै खोज छ यहा !
नयाँ सिप इलम दूरदराज भो टिकटक मै मोज छ यहा !! 

उहिलेको जमानामा गमक्क गुन्यु- चोली लाएर हिडीन्थ्यो !
नग्न कतै देखिन्छ कि भनेर कुर्कुच्चा नै ढाकेर हिडीन्थ्यो !!

उखरमाउलो र भड्किलो फेशनको बेजोड रि-ले दौड छ यहा !
दुइ बित्ते कपडामा सजिएर देखिन बाकि त रहेन भन्नेको जोड छ यहा !!

मुर्ख आमाले लगाएको टीको बुद्दिमति छोरीले पुछि दिन्छ यहा !
अर्ति दिने सासुको थुतुनो जानिफकार बुहारीले लुछी दिन्छ यहा !!



रघुबीर चन्द 
बेदकोट नगरपालिका, सामादैजी 
सुदुरपश्चिम


“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:-  lekhapadhee@gmail.com