एमाले दर्ता प्रक्रियामा: पदाधीकारिहरुको नामावली हेर्नुस


लेखापढी      १७ असार २०७७, बुधबार १५:०४

एमाले दर्ता प्रक्रियामा: पदाधीकारिहरुको नामावली हेर्नुस

काठमाडौँ । नेकपा भित्र उत्कर्षमा पुगेको विवाद सार्बजनिक हुदै गर्दा मोरङको विराटनगर महानगरपालिका-६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो।

‘पहाडको बीचबाट सूर्य उदाएको चिन्ह’

नया दर्ता प्रक्रियामा रहेको पार्टीले झन्डाको नमूना पनि पेश गरेको छ। जसमा डाँडाको बीचबाट सूर्य उदाएको चिन्ह राखिएको छ। तर झन्डाको व्याख्या भने गरिएको छैन। उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद पाएका छन्।
अहिले दलको विधान, नियमावली, घोषणापत्र, झन्डालगायत विवरणसहित निवेदन परेको छ ।

आयोगमा पेश भएका सम्पूर्ण  कागजात, विवरणहरु नियमपुर्बक भए नभएको भेरिफिकेसन हुन बाकी रहेको छ । पार्टी अध्यक्ष तिवारीको नेत्रित्वमा पाँच सय जनाभन्दा बढीले दलमा आवद्ध हुने प्रतिवद्धता जनाएको हस्ताक्षर पनि आयोगमा पेश गरेका छन्।

को-को छन् पदाधिकारी?

सन्ध्या तिवारी- अध्यक्ष

भगवती खड्का- उपाध्यक्ष

मनिष उपाध्याय- महासचिव

अस्मिता सुनार

दावा  लामा।

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट