नेकपामा कुर्सी विवादःचर्को विरोधपछि अध्यक्षसहित सचिवालय सदस्य मञ्चबाट झरे, शीर्ष नेताहरु पनि हलमै


लेखापढी      १६ असार २०७७, मंगलवार १३:४४

नेकपामा कुर्सी विवादःचर्को विरोधपछि अध्यक्षसहित सचिवालय सदस्य मञ्चबाट झरे, शीर्ष नेताहरु पनि हलमै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को स्थायी समिति बैठकमा देखिएको कुर्सी बस्ने स्थानसम्बन्धी विवाद हल भएको छ। शीर्ष नेताहरुलाई पनि अन्य सदस्यहरु सँगै राखेपछि तत्कालका लागि देखिएको विवाद हल भएको हो।

स्थायी समितिको यसअघि तीन दिन बसेको बैठकमा दुई अध्यक्षसहित वरिष्ठ नेता, उपाध्यक्ष र सचिवालयका अन्य सदस्यहरु मञ्चमा र स्थायी समितिका सदस्यहरु अलि तल राखिएको थियो ।

चर्को विरोधपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सचिवालयका नेताहरु मञ्चबाट तल झरेका छन् । मंगलबारको बैठकको सुरुमै नेताहरुले मञ्च छाडेका छन् । मंगलबार बैठक सुरु भएपछि नेताहरुबीचमै विभेद देखिएको भन्दै एकरुपता कायम गर्न माग भएपछि सबैलाई एकै ठाउँमा राखिएको हो। एजेन्सी

सुरूकाे दिन

दाेश्राे बैठक

मंगलबारकाे बैठक