शान्तिको कामना गर्दै शिखर वार्ता


लेखापढी      १६ असार २०७७, मंगलवार २०:१९

शान्तिको कामना गर्दै शिखर वार्ता
नेपाल अहिले बिश्वको लागि नै राजनीतिक महत्त्वको हिसावले सामारिक स्थलमा पर्दछ । दुई ढुङ्गा बीचको कमलो तरूल नेपाल विभिन्न किसिमले द्वन्दमा छ, आन्तरिक खिचातानीको राजनीति र बिदेशी हस्तक्षेपको कारणले गर्दा ।
 
विभिन्न मुद्वामा दिनहुँ जस्तो आन्दोलनले गर्दा नेपाल ग्रस्त छ भने कोरोनाको कहरले र दिनहुँ बिदेशबाट नेपाली जनता फर्किरहेको कारणले स्थिती झन जटिल भएको छ । नेपालको सरकार दिनहुँ आएको समस्यालाई थेग्दा थेग्दा यति चाम्रो भईसकेको छ कि चितवनको गैंडाको छाला थ्रीनट थ्रीको गोली पचाउन सक्दैन तर सरकारले सिधै पचाईदिन्छ ।
 
एमसिसि, कालापानी नक्सा प्रकरण  बालुवाटार काण्ड, एनसेल काण्ड, ओम्नी, दशौ अरब अन्य भ्रष्टाचार, बलात्कार, अङ्गिकृत नागरिकता, कुर्सिको खिचातानी, विभिन्न काण्डहरूले नेपालको हरेक कुनामा जनताले ताण्डप नृत्य गरिरहेका अबस्था छन् भने सरकार कानमा तेल हालेर प्रहरीलाई देशमा देखिएको उत्पात जुध्न अगाडि सारिरहेको देखिन्छ । नेपाल प्रहरीको सुझबुझले गर्दा आज नेपाल सरकार साँच्चिकै आनन्दले सुत्न पाएको छ । अमेरिकाको पोलिसिङ गर्ने हैसियतले नेपाल प्रहरीको महत्व बल्ल बुझ्दैछौं । त्यहाँका पुलिसको काम भनेक‍ो केही घटना घट्यो कि गोली ठोक्ने बाहेक अरू केही गर्न सक्दैन भन्ने प्रमाणित भयो । सानो आगोको झिल्का आज विशाल आगोमा परिणत भयो । बरू नेपाल प्रहरी अमेरिका प्रहरी भन्दा सक्षम देखिएका छन् आन्दोलन मत्थर पार्न कमसेकम सम्झाई बुझाई वा तर्साई तथा मुसारेर भएता पनि कत्रा कत्रा आन्दोलनको ज्वाला छिन भरमा निभाएर देखाईदिन्छन् । नेपालका सेना, शसस्त्र र प्रहरी सिमीत स्रोत साधन भएता पनि उत्कृष्ट तालिमले गर्दा साँच्चिकै उच्च स्तरको र विशिष्ट छ । नेपाली सेनाले विश्व शान्तिमा खेलेको भुमिकाले नेपाललाई गौरवान्वित बनाउँछ । राजा बीरेन्द्रको शान्ति क्षेत्र नेपालको उद्घोषले बिश्वमा एउटा तरङ्ग ल्याईदिएको थियो भलै बिदेशी दलालहरूले नेपालको एउटा गौरवको गाथालाई भारतको आदेशमा तुहाईदिए । 
नेपाल प्रहरीको सुझबुझले गर्दा आज नेपाल सरकार साँच्चिकै आनन्दले सुत्न पाएको छ । अमेरिकाको पोलिसिङ गर्ने हैसियतले नेपाल प्रहरीको महत्व बल्ल बुझ्दैछौं । नेपाली सेनाले विश्व शान्तिमा खेलेको भुमिकाले नेपाललाई गौरवान्वित बनाउँछ ।
नेपालको ईतिहासमा २०४६ सालले जसरि काण्ड मात्रै बोकेर आयो ती नामहरू संकलन गरेर एकठाउँमा राख्यो भने ठुलै भकारी बन्छ । तर प्रधानमन्त्री यस्तो समस्याले मेरो कुर्सी ढल्दैन जति जोड लगाए पनि हुन्छ भन्दै बसरिरहेका छन् भने कतै जोड लगाके हैंसाको आवाज पनि सुनिने गरिन्छ । अझै उहाँले उद्घोष गर्नुभयो प्रधानमन्त्री फेर्न भारत कम्मर कसेर लागेका छन् भनेर । अचम्म त यहि छ नेपालको प्रधानमन्त्री भारतको हो कि नेपालकै ? हुन त एउटा प्रमले नेपालको चाबी अन्तै छ भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिए भने कटुवाल काण्डमा अर्को प्रधानमन्त्रीले म बिदेशी प्रभुसँग झुक्दिन भन्दै राजिनामा दिए । यिनीहरू नेपाल र नेपाली प्रति जवाफदेही भएको देखिदैन र सँधै गैरजिम्मेवार भएर उपस्थिति हुन्छन् । एकजना प्रम त झन् खुल्लेआम एमसिसि पास गर्नुपर्छ भन्छन् भने देशलाई घात हुने किसिमले रहेको नागरिकताको ऐन कानुनलाई उल्टाउने नागरिकता बिधेयक पास हुँदा त‍ोत्ले बोली गर्दै बर्वारउँछन् । उनका कृयाकलापले खुल्लेआम आफुलाई दलाल नै हो भन्ने सँज्ञा दिन खोजेका देखिन्छ । यिनलाई जनताले दलाल भन्ने गरेक‍ो सुन्ने गरेका थिए । नेपालीको नागरिकता लिएका प्रधानमन्त्री तर यति हेक्का भएन कि के हो बिदेशीले उनलाई  नौकरका हैसियतमा राखेका छन् भनेर, अझ आफुलाई कसरी नेपाली भन्छन् होला भनेर बिदेशीले प्रश्न त गरिरहेका त छैनन् ? यस्ता कुरा पनि हेक्का नराख्नेहरूलाई हामीले सम्मानिय प्रधानमन्त्री ज्यु भन्नू परेको छ ।  यस्ता सरमहारा लम्पसारवादीको जमात लिएर जनता बसिरहेका छन् ।
 
१२ बुँदे दिल्लीमा गर्ने सिल्लीहरू, देशभक्ती प्रधानमन्त्री सम्मानीय मरिचमान सिंह श्रेष्ठ जस्ता भारतीय नाकाबन्दी बिरूद्व जुधिरहेको बेलामा गल्हत्याउन भारतबाट नेता ल्याई चाक्सिबारिमा नेपालको माटो बिरूद्व लाग्ने स्वाँठहरू, देशका सबै नदीनाला भारतलाई दाइजो दिए झैं दिने धुसडियाहरूले के हेक्का राख्लान् नेपाल निर्माणको ईतिहास बारे । नालापानी लडाईको वीर गाथा र देश बचाउन रगतको खोलो बगाउने कथा कालापानीको मुहानबाट बगेको महाकालीको सन्धि गर्ने बज्रस्वाँठहरू तथा पैसाको खोलामा बग्नेहरूलाई के थाहा ? खाली कोरा कागजमा नक्सा बनाएर ठूलो डिंका हाँकेर लिम्पियाधुराकाे धक्कु लगाई राष्ट्रवादी बन्ने प्रयास व्यर्थैमा हो जस्तो लाग्छ । तर पनि महाकालीको पानी सित्तैमा बेचेता पनि एउटा शाहसिलो काम गर्नु भएकोमा बधाई तथा धन्यवाद र शुभकामना छ भुमि फिर्ता गर्ने ख‍ोज्ने साहशलाई ।
नालापानी लडाईको वीर गाथा र देश बचाउन रगतको खोलो बगाउने कथा कालापानीको मुहानबाट बगेको महाकालीको सन्धि गर्ने बज्रस्वाँठहरू तथा पैसाको खोलामा बग्नेहरूलाई के थाहा ?
नेताहरूको खेँलाची, गैर जिम्मेवारपन र दलाली मनोबृत्तीले गर्दा नेपाल आज अन्तर्राष्ट्रिय स्थरमा झल्लु भएर उपस्थित हुन परेको छ । राजा महेन्द्रको पालामा अन्तर्राष्ट्रिय जगतमा बिश्वको मै हुँ भन्ने शक्ति राष्ट्रलाई पनि कुटनैतिक तबरले कति समदुरीमा राखिएको थियो । आजका युवाहरूले ईतिहास पल्टाएर हेर्दा धेरै कुरा सिक्न पाउने थिए । अहिलेका दासहरूले आफु प्रयोग भई चीनलाई ठेगान लगाउन अमेरिका, भारतलाई ठेगान लगाउन चीन र अमेरिकालाई ठेगान लगाउन भारत प्रयोग गर्दै र अनुचित व्यवहार देखाउँदै छन् भने आफु प्रभुबाट असुरक्षीत भएको भनाई लाचार तबरले राख्दछन् । यिनीहरूलाई त्यति पनि हेक्का छैन मैले के बोलिरहेको छु र किन बोलिरहेको छु भन्ने ?
अचम्म त यहि छ नेपालको प्रधानमन्त्री भारतको हो कि नेपालकै ? हुन त एउटा प्रमले नेपालको चाबी अन्तै छ भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिए भने कटुवाल काण्डमा अर्को प्रधानमन्त्रीले म बिदेशी प्रभुसँग झुक्दिन भन्दै राजिनामा दिए ।
अहिले विश्व परिस्थिति हेर्ने हो भने अमेरिका र चीनको द्वन्द चर्किने अवस्थामा छ । अमेरिका कोरोनासँगको हारले गर्दा र व्लाक लिभ्स म्याटरको आन्दोलनलाई संयमसँग मत्थर गर्न नसकेको झोँकमा छ । आफु विश्व हैकमवादमा चुक्ने अबस्था आईसकेको उसलाई महशुस भएको छ । आर्थिक स्तरमा तिब्र गतिमा ओराल‍ो लागे पछि अमेरिका चीन घेर्ने रणनीतिमा देखिन्छ । भारत र चीनको लद्वाकमा सीमा खटपट हुने समयमा आएर अमेरिकाले जर्मनी बेसमा भएको सैनीक हटाएर ईण्डो प्यासिफिक तिर सेना स्थानान्तरण गर्ने मनसायले पनि सामारिक चाल चल्दै छ भन्ने बुझिन्छ । म एउटा महत्त्वपूर्ण कुरा सम्झन्छु , मेरा बुवाको ट्रेकिङको व्यवसाय थियो । पहिला अहिलेको जस्तो ट्रेकिङ सहज थिएन, कुनै बिदेशी ग्रुप ट्रेकिङ आउने भयो भने बुवा आफै त्यो ठाउँको रेक्कि गर्न जान पर्थ्यो । जुन ठाउँमा ट्रेकिङ गर्नुपर्ने हो त्यो ठाउँको बस्तु स्थिती बुझी नाप नक्साबाट अल्टिच्युट, बस्ने ठाउँ, लन्च गर्ने ठाउँ सबै पत्ता लगाई एउटा आईटिनरी सहितको, समय कति लाग्छ सबै प्रोग्राम बनाएर पठाउनु पर्दथ्यो । करिव झण्डै दुई दशक अघि लाद्वाकमा जाने एउटा ग्रुप आउने भएकोले बुवा पनि लद्वाक गएर ट्रेकिङ रूट बुझि आउन पर्ने भयो । उहाँ लद्वाकबाट फर्के पछि उहाँको कुराको आज म सम्झना गर्न चाहन्छु । उहाँक‍ो लद्वाकमा पक्कै भारत र चीनको लडाइँ पर्छ भन्ने थियो । कारण थियो भौतिक रूपले त्यहाँको ताल एकातिर भएतापनि नक्सामा अर्कैतिर देखाईएको थियो । त्यो बेला ईटालियनहरूले टोपोग्राफिमा पोख्त थिए रे कसरि त्यस्तो नक्सा बन्यो होला भन्ने उहाँको प्रश्नको उत्तर आज हामीले प्रष्ट रूपले मनन गर्न पाएका छौं । लद्वाकमा जुन अबस्था आज सिर्जना भयो भारतले सयौं ठाउँमा हाम्रो भुमि मिचेर हामीलाई अप्ठेरो स्थिति तिर धकेलिरहेको प्रष्ट हुन्छ । 
 
अन्तमा हाम्रो भुमि हामी फिर्ता ल्याउँदै गरौंला तर बिछिट्ट रूपले फरक रहेको पुर्वीय दर्शनको उत्पत्ति भएको दुई विशाल राष्ट्र युद्वमा होम्मिनु भनेको बिध्वंश हुनू नै हो । युद्वमा जित-हार भन्दा पनि त्यसले पार्ने असरलाई मध्य नजर गर्नु पर्दछ । हामी छिमेकीको हैसियतले सानै भए पनि र कमलो तरूल झैं भए पनि केही न केही महत्त्वपूर्ण भुमिका खेल्न सक्न पर्दछ । सानै देश भए पनि हामी देश त देश नै हौं तसर्थ टु प्लस वान होइन कि प्लस थ्रीको हिसाबले सामरिक महत्वको हिसाबले यी दुई ठुला देशलाई युद्व हुनबाट जोगाउनको निमित्त हामीले अहम भुमिका खेल्ने समय आएको छ । यदि यी शासक बर्गहरूको घैंटोमा घाम लाग्छ भने हामीले दुई ठुला देशलाई सम्झाएर बुझाएर नेपालमा राष्ट्रपति सि र प्रधानमन्त्री मोदीबीच शान्ति शिखर वार्ता गराउन सक्ने क्षमता राख्नु पर्दछ ।  तिमी दलालहरूले राजा बीरेन्द्रको शान्ति क्षेत्र नेपालको मुद्वालाई धर्म निरिपेक्षतामा सेलाईदिए पनि शान्तिको कामना गर्दै एउटा धर्म निभाउन सक्दछौ । त्यो के हो भने विश्व राजनीतिमा सामारिक महत्वको हिसाबले महत्त्वपूर्ण ठाउँ नेपाललाई बिदेशीको चलखेल हुनबाट बन्चित गर्दै र असल छिमेकिको भुमिका खेल्न पर्दछ । दुई ठुला देश यूद्वमा नहोम्मियोस भन्ने कामनाका साथ दुवै देशका उच्चस्तरिय शिखर सम्मेलन गर्न सक्न पर्दछ ।
सानै देश भए पनि हामी देश त देश नै हौं तसर्थ टु प्लस वान होइन कि प्लस थ्रीको हिसाबले सामरिक महत्वको हिसाबले यी दुई ठुला देशलाई युद्व हुनबाट जोगाउनको निमित्त हामीले अहम भुमिका खेल्ने समय आएको छ ।
यसरी ईतिहास रच्ने प्रयास गर्दा बुद्व नेपालमै जन्मेका हुन् भन्दै फलाकेर हिंडिरहन पर्दै परेन । फेरि छिमेकी भएपछि अरूको भलो चिताएर हिंड्नु पनि महानता नै हो भलै कुरले टोक्यो भन्दैमा कुकुरलाई नै टोक्न जानु कतिको जायज होला र ? एउटा असल छिमेकिको भुमिकाबाट उत्कृष्ट प्रदर्शन गर्ने मौका नगुमाउँ ।
जय शान्ति क्षेत्र नेपाल !

साेमबिक्रम सिंह
काठमाडौँ 
राष्टिय सराेकार मञ्च नेपाल 

(लेखक राष्ट्रिय सरोकार मन्च नेपालका अध्यक्ष तथा कर्मनिष्ठ अभियानका अभियन्ता हुनुहुन्छ । सदैब राष्ट्र र राष्ट्रियताको बिभिन्न बिषयहरुमा निर्भिकतापुर्बक कलम चलाऊदै आउनु भएको छ।)

“निरन्तर रुपमा उहाँबाट प्राप्त अनेकौ स्वतन्त्र लेख-रचना तथा बिचारका लागि लेखापढी मिडिया हार्दिक आभार ब्यक्त गर्दै निरन्तरताको कामना गर्दछौ ।”
                                                                    lekhapadhee@gmail.com