भारतमा चीनका ५९ वटा माेबाइल एप प्रतिवन्धित, टिकटक र वीच्याट लगायत अन्य धेरै एप


लेखापढी      १६ असार २०७७, मंगलवार ११:३४

भारतमा चीनका ५९ वटा माेबाइल एप प्रतिवन्धित, टिकटक र वीच्याट लगायत अन्य धेरै एप

भारत सरकारले माेबाइलकाे गुगल प्लेस्टाेर र एप्पलकाे एप स्टाेरबाट टिकटक लगायतका ५९ वटा माेबाइल एप्लिकेसनहरूमा प्रतिवन्ध लगाएकाे छ । 

सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन तर प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ। 

प्रतिबन्धित एपमा टिकटक, वीच्याट, यूसी ब्राउजर र शेअरइट जस्ता चर्चित एपहरू छन् जुन भारतमा निकै नै प्रयोगमा रहेको मानिन्छ।ती एपहरू एन्ड्रोयड र आईओएस दुवै अपरेटिङ् प्रणाली भएका मोबाइल फोनमा प्रतिबन्धित हुनेछन्।

भारत सरकारले निर्णय लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला लिइएको छ।

प्रतिवन्धित एपहरू

  • TikTok, Shareit, Kwai, UC Browser, Baidu map, Shein, Clash of Kings, DU battery saver, Helo, Likee, YouCam makeup,Mi Community, CM Browers, Virus Cleaner, APUS Browser, ROMWE,Club Factory, Newsdog, Beutry Plus, WeChat, UC News, QQ Mail, Weibo, Xender, QQ Music, QQ Newsfeed, Bigo Live, SelfieCity, Mail Master, Parallel Space, Mi Video Call – , Xiaomi, WeSync, ES File Explorer,
  • Viva Video – QU Video Inc, Meitu, Vigo Video, New Video Status, DU Recorder, Vault- Hide, Cache Cleaner DU App studio, DU Cleaner, DU Browser, Hago Play With New Friends, Cam Scanner, Clean Master – Cheetah Mobile, Wonder Camera, Photo Wonder, QQ Player, We Meet, Sweet Selfie, Baidu Translate, Vmate, QQ International, QQ Security Center, QQ Launcher, U Video, V fly Status Video, Mobile Legends, DU Privacy

उक्त प्रतिबन्धपछि दुवै खाले मोबाइल फोनले एप स्टोरबाट ती एपहरू हटाउनु पर्नेछ। तर सरकारले जारी गरेको विज्ञप्तिमा मानिसहरूलाई आ-आफ्नो मोबाइलबाट ती एप मेट्न अपिल गरिएको छ। जसले ती एप आफ्नो मोबाइलमा राखेका छन् उनीहरूले नहटाउँदासम्म रहिरहने छन्। तर एप स्टोरबाट हटाइएपछि उनीहरूले आफ्नो स्मार्टफोनमा राखेका एप अपडेट गर्न सक्ने छैनन् । एजेन्सी