सलह किराका बारेमा रमाइला र डरलाग्दा राेचक तथ्यहरू


सलह किराका बारेमा रमाइला र डरलाग्दा राेचक तथ्यहरू

(३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ ।)

सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम (Locust) प्लेग दिएको छ। सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो ।  यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्यानउँछ। एकै झुण्डमा करोड मात्र होइन, अर्बौंका संख्यामा सलह हुन सक्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । सलहको प्रकोप प्राचीन समयदेखि नै हुनुपर्छ । महाभारतलगायत ग्रन्थमा यसको उल्लेख पाइन्छ ।  सहल किराका बारेमा केही राेचक तथ्यहरू यहाँ प्रस्तुत छन् । 

  • ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषि उपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ ।

  • सलह किराकाे मरभुमि वा बञ्जर, सुख्खा ठाउँमा मानिसहरूकाे अावतजावत नहुने ठाउमा अण्डा पार्ने गर्दछ । 

एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ । यसकाे एउटा समुहले ३५ हजार मानिसले विहान र बेलुका खाने कृर्षी उपज एक दिनमा नष्ट गर्ने गर्दछ । सलह किराकाे एउटा सानाे समुहले एक दिनमा दश हात्ति २५ उटकाे भाेजन बराबर खान सक्दछ । एउटा वयस्क सलहले एक दिनमा अाफ्नाे ताैल बराबरकाे खाना खाने गर्दछ । सलहको समूह १३० देखि १५० किलोमिटरप्रति दिनको गतिमा उड्ने गर्छन् ।

  • सलह ७० सेमी (२.3 फिट) उफ्रन सक्छ। यो मानिस  18 मीटर (60 फिट) उफ्रिने जत्तिकै हो ।
  • हाल विश्वका ९० देशका करिब चार करोड ५० लाख वर्गकिलोमिटर क्षेत्र यसको जोखिममा छ
  • सलह किरा एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्‍न सक्छन् ।
  • सलह किरा ९० दिन (३ महिना) सम्म जीवित रहन्छ । 
  • सलह किराले pupa (प्युपा) चरण छोड्छन् ।
    अरू कीराहरू जस्तो कि पुतली र झिंगा जस्तो नभई, सलहहरूले पूर्ण रूपले मेटामोरफोसिस गर्दैन। सलह किरामा pupa चरण हुँदैन । सलह किराका अण्डाहरू १० देखि २० दिन भित्रमा बच्चा जन्माउँदछ । मरुभूमिमा पाइने सलहको एकल वयस्क पोथीले एकपल्टमा ९५ देखि १५८ को संख्यामा अन्डा पार्छ । झुण्डमा हिँड्ने प्रकृतिको पोथीले भने एकपल्टमा करिब ८० वटा अन्डा पार्छ भने एउटा जीवनचक्रमा ६ देखि ११ दिनको अन्तरालमा कम्तीमा तीनपटकसम्म फुल पार्न सक्छ ।
  • सलह किराकाे बैज्ञानिक नाम वैज्ञानिक नाम सीलिफेरा (Caelifera) हाे।
  • सलह किरा अन्टार्टिका बाहेक सबै महादेशमा पाइन्छ ।
  • इस्लाममा सलह किरालाइ हलाल वा कानूनको रूपमा लिइन्छ। म्यानचेस्टरको सलाफी सेन्टरका अनुसार सलहहरू खान योग्य छन् किनकि यो पैगम्बरको समयमा खाईएको थियो । यो कीरा एक सैन्य आक्रमणको समयमा खाईएको थियो ।
  • सलह किराका ६ वटा खुट्टा हुन्छन् । यसकाे सुन्ने अंग पेटमा हुन्छ । एउटा महत्वपूर्ण विषय सलह किरा पनि अाफ्नाे लिडरसँग हिड्छ । लिडर जहाँ बस्छ सलह पनि त्यही बस्ने गर्दछन् । 

याे पनि पढ्नुहाेस । – एकै दिनमा सलह नेपालकाे पहाड तिर समेत छिर्दैः सलह किरा छोपेर ल्याउने किसानलाई केजीको २० रुपैयाँ

 

 108 total views

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •   
  •  
  •