एकै दिनमा सलह नेपालकाे पहाड तिर समेत छिर्दैः सलह किरा छोपेर ल्याउने किसानलाई केजीको २० रुपैयाँ


लेखापढी      १३ असार २०७७, शनिबार २२:४४

एकै दिनमा सलह नेपालकाे पहाड तिर समेत छिर्दैः सलह किरा छोपेर ल्याउने किसानलाई केजीको २० रुपैयाँ

 नेपालमा तराई मधेस हुँदै भित्रिएको सलह किरा पहाड चढ्न थालेको छ । सलह किरा शनिबार बिहान भारतको बिहारबाट नेपालको तराई मधेसमा छिरेको थियो ।  शनिबार बारामा देखिएको सो किरा सिन्धुलीको चियाबारी, भीमानमा देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव गुरागाँइले जानकारी दिए । 

यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको ठाउँमा पनि देखिएको छ । विज्ञहरु पनि आश्चर्यमा पारेका छन्’ उनले भने, ‘अहिले नेपाल नआउनुपर्ने किरा अचानक देखियो । नेपालको हावापानी अनुसार यो पहाडी क्षेत्रमा नदेखिनु पर्ने हो । तर विस्तारै पहाड चढ्न थालेको छ, यस्तो हो भने हिमालसम्म पनि पुग्न सक्छ जस्तो लाग्छ ।’ 

 प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।

‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’

धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील 

मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ ।  एजेन्सी