नेपालमा सलह किराकाे प्रवेश, के हाे सलह किरा ?


लेखापढी      १३ असार २०७७, शनिबार १९:१८

नेपालमा सलह किराकाे प्रवेश, के हाे सलह किरा ?

काठमाडौं । बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएकाे छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सलह किरा जस्तै देखिने याे किरा सलह भए नभएकाे सुनिश्चित गर्नका लागि समेत मन्त्रालयले एक प्राविधिक टाेली त्यस क्षेत्रमा पठाइएकाे पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सलह किराकाे प्रवेश भएसँगै यसकाे जाेखिम पनि बढेकाे छ । तर हालसम्म यस किराले क्षति पुर्याएकाे वा नपुर्याएकाे बारेमा जानकारी प्राप्त भइसकेकाे छैन । 

के हाे सलह किरा ?

India combats locust attack amid Covid-19 pandemic - BBC News

सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो। किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्‍याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्‍न सक्छन् । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ। एजेन्सी