काेराेना भाइरस नेपालका ७७ वटै जिल्लामाः रसुवाका ९ सहित ५५४ संक्रमित थपिए


लेखापढी      १३ असार २०७७, शनिबार १८:३६

काेराेना भाइरस नेपालका ७७ वटै जिल्लामाः रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

नेपालमा विगत २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८/८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७/७ जना, सर्लाही र नुवाकोटका ६/६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५/५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३/३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । एजेन्सी


लेखापढी