इमान बेची तिमी…


लेखापढी      ११ असार २०७७, बिहीबार १६:३६

इमान बेची तिमी…
ईमान बेची तिमी सफल, भयौ त के अर्थ भो !
अरुलाइ ढाटि असल ,
भयौ त के अर्थ भो !!
 
ठड्याएर शिर अटल, हुनुको गौरब छ बेग्लै !
आफ्नै शिर ढालि अटल, भयौ त के अर्थ भो !!

दुःख भित्र बाचेका छन,  कति कति झुपडीमा!
आफ्नै लागी एउटा महल, भयौ त के अर्थ भो !!

आदर्शका कुरा गरि, चारैतिर छल्किएर !
अडिग नभै तिमी तरल, भयौ त के अर्थ भो !!


चेतना यो छर्किएर, सारा ब्युझाउनु पर्ने !
विष घोलिएको सजल, भयौ त के अर्थ भो !!



अंकुर चन्द 
बेदकोट नगरपालिका, कंचनपुर 
सुदुरपस्चिम


“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:- 
 lekhapadhee@gmail.com