पछिल्लाे २४ घण्टामा ४ सय ३४ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु भएको पुष्टि


लेखापढी      ११ असार २०७७, बिहीबार १६:४६

पछिल्लाे २४ घण्टामा ४ सय ३४ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु भएको पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा बिहिबार ४३४ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। 

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार विगत २४ घण्टामा ६,५४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,९९,७३७ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।