रास्ट्रपतिले शितल निवासमा रात्रि भोज आयोजना सय जना भन्दा बढी निम्ता


लेखापढी      १० असार २०७७, बुधबार १८:३८

रास्ट्रपतिले शितल निवासमा रात्रि भोज आयोजना सय जना भन्दा बढी निम्ता

काठमाडौँ ।  रास्ट्रपति विधा देबी भण्डारीले शितल निवासमा आज रात्रि भोजको आयोजना गरिएको र उक्त भोजमा विभिन्न पार्टीहरुका प्रभावशाली नेताहरुलाई आमन्त्रण गरिएको छ ।

आज हुने भोजमा प्रम केपी शर्मा ओली, उपरास्त्रपति नन्दबहादुर पुन, पुर्ब प्रधानमन्त्रीहरु माधब कुमार नेपाल, पुष्पकमल दाहाल, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, झलनाथ खनाल साथै मन्त्रि परिषद्का पुर्ब अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेश,  रास्ट्रीय प्रजातन्त्र पार्टी,  जनता समाजबादी पार्टी लगायतका बिशेष व्यक्तित्वहरुलाई निम्ता गरिएको जानकारी छ । 

मदन जयन्तिको चार दिन अघि नै रास्ट्रपति भण्डारीले रात्रि भोज डाकेकि हुन।  नेकपा विवाद बढिरहेको समयमै रास्ट्रपतिले रात्रि भोज आयोजना गरिनु सर्बपक्षीय भेटघाटको वातावरण मिलाउन खोजेको देखिन्छ ।