नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुग्यो


लेखापढी      १० असार २०७७, बुधबार १६:४७

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुग्यो

काठमाडौँ ।  पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै २४ घन्टामा १ सय १४ जना डिस्‍चार्ज भएका छन् ।