यी काम गर्न कहिले पनि नलजाउनुहाेस ।

हामीले हाम्राे जीवनमा नजानेर वा नचाहँदा नचाहँदै पनि कुनै न कुनै प्रकारका गल्ति गरेकै हुन्छाैं, कुनै घटना यस्ता हुन्छन् की जसकाे अफसाेच जीवनभर रहन्छ । चाणक्य नीतिले हामीलाई जीवन र समाजका बारेमा धेरै ज्ञान दिएकाे जसकाे मद्दतले  हामी हाम्राे जीवनलाई सहज बनाउन सक्दछाैं । चाणक्यका अनुसार हामीले जीवनका कुनै पनि कार्य गर्नका लागी लाज  वा सरम मान्नु पर्दैन । यदी हामीले कुनै पनि काम गर्न लाज सरम मान्याे भने हाम्राे जीवन अगाडि बढ्न सक्दैन र जीवनमा सफलता प्राप्त हुन सक्दैन । 

जीवन एक रथ जस्तै हाे जहाँ एउटा पांग्रा खराब भयाे भने त्याे त्यही राेकिन्छ त्यसैले हामीले जीवनमा कुनै पनि काम गर्न सरम वा लाज मान्नु पर्दैन । जुन व्यक्ति काम गर्न लाज मान्छ त्याे मानिस जहाँकाे त्यही हुन्छ र उसलाई जीवनमा धेरै समस्याहरू आइपर्दछन् । चाणक्यले हामीलाई केही यस्ता ज्ञान दिएकाे छ जसले हाम्राे जीवन सार्थक बनाउन सहयाेग पुर्याउँदछ । हामीले जीवनका कुनै काममा त बेसरम नै हुनु जरूरी हुन्छ तब मात्र हामी त्याे काम गर्न सक्दछाैं  अन्यथा हामी त्याे काम कहिले गर्न सक्दैनाैं । आज हामी तपाइँहरूलाई याे बताउँदैछाै की जुन काम गर्नका लागि हामी बेसरम हुनु आवश्यक हुन्छ । 

पैसा माग्नु 

यदी तपाइँले कसैलाई ऋण वा पैसा दिनु भएकाे छ भने तपाइँले पैसा माग्नका लागि बेसरम हुन आवश्यक हुन्छ । यदि तपाइँ पैसा माग्न लाज मान्नु भयाे भने धेरै जसाे ठाउँमा तपाइँलाई घाटा हुनेछ वा पैसा गुमाउनु पर्नेछ । त्यसैले प्राय जसाे पैसा माग्नका लागि सरम वा लाज मान्नु आवश्यक छैन । 

खाना खान

जब कुनै व्यक्ति आफ्ना आफन्त वा मित्र वा कुनै परिचित व्यक्तिकाे घरमा जानु भयाे भने खाना खान लाज वा सरमले ठिक सँग खाना खान सक्नु हुन्न । कतिपय क्यक्ति त लाजले खाना नखाएर भाेकै पनि बस्नु हुन्छ । जाे क्यक्ति सरम वा लाज मान्छ त्याे मानिस कहिले पनि बाहिर खाना खान सक्दैन । 

ज्ञान प्राप्त गर्न

जुन क्यक्ति पढ्नका लागि वा सिकाइ माग्नका लागि आफ्ना गुरूसँग लाज मान्छ त्याे व्यक्ति सधै अज्ञानी रहन्छ । जबसम्म कुनै पनि कुराकाे जानकारी वा ज्ञान प्राप्त गर्नका लागि आफ्नाे गुरू वा आफू भन्दा जान्ने मान्ने सँग सिक्न लजाउनु भयाे भने केही पनि सिक्न जा जान्न सकिदैन । त्यसैले विद्धार्थीले कहिले पनि ज्ञान लिन लजाउनु पर्दैन । 

प्रयास

प्रयासकाे विषयमा हामिले सिंहबाट धेरै कुरा सिक्नु पर्ने हुन्छ कि कुनै काम गर्नका लागि हामीले प्रयास गर्नु जरूरी हुन्छ । प्रयास नै सफलताकाे मूलविन्दु हाे र प्रयास यस्ताे तरिकाले गर्नुहाेस की कुनै पनि कमि नराख्नुहाेस । सिंहले जहिले पनि सिकार गर्नका लागि आफ्नाे पुरै जाेश वा तागत र बलका साथ गर्दछ । त्यसैले प्रयास गर्नका लागि कहिले पनि नलजाउनुहाेस र प्रयास यसरी गर्नुहाेस की कुनै पनि कमि नरहाेस । एजेन्सी


हामीलाइ लेख रचना पठाउने ठेगाना
lekhapadhee@gmail.com

 877 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x