केहि रमाइला चुटकिलाहरू (हाँस्नु स्वास्थका लागि लाभदायक छ।)


लेखापढी      ८ असार २०७७, सोमबार १५:२४

केहि रमाइला चुटकिलाहरू (हाँस्नु स्वास्थका लागि लाभदायक छ।)

चार चीज जुन सिद्दियाे, टुट्याे वा छुट्याे भने धेरै पिडा हुन्छ ।

१. दाेस्ती (साथी)

२. पैसा

३. प्रेम

४. शनिबार वा विदा


चाैथाे या पाँचाैं 

एकपटक हरेराम लिफ्टमा चढन लागेकाे थियाे, एउटा महिला बच्चा लिएर सँगै लिफ्टमा चढी, 

हरेरामः (लिफ्टकाे बट्न थिच्दै) तपाइँकाे कति, चाैथाे या पाँचाैं, 

महिलाः (रिसालु तरिकाले हेर्दै) याे मेराे बच्चा हाेइन म यसकाे हजुरआमा हुँ ।


जब श्रीमति आइसियुमा काेमामा थिइन ।

श्रीमति आइसियुमा भर्ना थिइन, श्रीमान रूदा रूँदा बेहाल भइसकेकाे थियाे, तब डाक्टर आएर भन्न थाले अब हामीले सबै गर्ने उपचार गरिसक्याै काेमामा छिन काेमाबाट बाहिर आउने नआउने अब सबै भगवानकाे हातमा छ ।

श्रीमान झन रूँदै भन्न थाले भर्खर त ४० वर्ष पुगेकाे थियाे, अझै कति उमेर बाँकी थियाे ।

श्रीमति विस्तारै हात खुट्टा चलाउन थाली र भनि म त भर्खर ३६ की भए ।


दुइ लाख कमाउँछु 

केटा पक्ष केटी माग्न केटीकाे घरमा गएछन् 

केटीकाे बुवाः कति कमाउँछाैं ?

केटाः याे महिना दुइ लाख कमाए …..

केटीकाे बुबाः अनि के भयाे ?

केटाः माेबाइल ह्यांग भएकाे (माेबाइल चलेन) ३ पत्ती पनी गयाे, म्यारिज नी गयाे ।


बन्दा बन्दिले गर्दा महिलाहरूलाइ थपिएकाे नयाँ तनाब

केही महिलाहरू यसकारण मास्क लगाएर हिडिरहेका छन् किनभने उनिहरूकाे लिपिस्टिक सकिएकाे छ । 


बुबा तपाइ गलत साेचिरहनुभएकाे छ । 

बुबाले आफ्नाे छाेरालाइ लुगा धाेइरहेकाे देखे र साेधे

बुबाः छाेरा हामीले तिम्राे विवाह गरिदियाैं, बुहारी भित्र्यायाैं, फेरी पनि आफ्नाे लुगा आफै धुदै छाैं । 

छाेराः वुवा तपाइँ गलत साेचिरहनु भएकाे छ । याे मेराे लुगा हाेइन याे तपाइँकाे बुहारीकाे लुगा हाे ।


I Am Going 

हरेरामले सितारामलाइ साेधे,

हरेरामः यार मलाइ याे बताउ की I am Going काे नेपालीमा के हुन्छ ?

सितारामः म गइरहेकाे छु ।

हरेरामः यसै कसरी जान्छाैं तिमी, मैले २० जना भन्दा बढीलाइ साेधे त सबै जना जाने भनिरहेका छन् कम्तिमा तिमी त जवाफ दिएर जाउ । 


लेखापढी मिडिया 

“Thank you for your valuable time”
www.lekhapadhee.com
mail us:-

 lekhapadhee@gmail.com