रित्तो झोला बनाईसके


लेखापढी      ८ असार २०७७, सोमबार ०१:३८

रित्तो झोला बनाईसके

सच्चा सेवक रास्ट्रका यदि भए,माटो बनाऔ चन्दन !
आऔ देश बनाउने सफरमा,   एकत्र  भै  सज्जन !!

लुटेर रित्तो झोला बनाईसके, दारिद्रिए  पिरले !
चुसेरै सुक्खा बनाइसके, यी भोकाएका बीरले !!

पिडा अभावको महासमरमा, जनताको भो दुर्दिन !
मुट्ठीभर लाचार बेईमानको,  यो  देश  पेवा   किन ?

हुँडार बस्ति सधै रोईकन बसे,  बाच्ने  मर्ने   पीरले !
झुकाएन शिर बिश्वसामु कहिलै, यो नेपाली बिरले !!

पुर्खाको त्याग, बलिदान, मोहले, आर्जिएको  यो थलो !
फुट्ने होइन जाऔ जुटिकन सबै, यसमै छ सबको भलो !!

थुप्रै क्रान्ति बहार आई पन्छिए,  भएन  लौ  कोई  पुरा !
जन्मिएन जवाफ दिने यो मुलुकमा, बोलेर साचो कुरा !!

फाड्नै पर्छ भ्रस्टाचारको बन यहा, मुलुकै जोगाउने हो भने !
छान्नै   पर्छ  सुरबीर   पहाडको  छाँगो   जस्तै   मन   हुने !!

सच्चा सेवक रास्ट्रका यदि भए,माटो बनाऔ चन्दन !
आऔ  देश   बनाउने  सफरमा, एकत्र  भै  सज्जन !!



रघुबीर चन्द 
सामादैजी, बेदकोट नगरपालिका 
सुदुरपस्चिम


www.lekhapadhee.com
mail us:-

 lekhapadhee@gmail.com