कोरोना भाइरस नेपाल: थप ४२१ जनामा कोरोना संक्रमण, सङ्क्रमितको कुल सङ्ख्या ९,०२६


लेखापढी      ७ असार २०७७, आईतवार १८:०९

कोरोना भाइरस नेपाल: थप ४२१ जनामा कोरोना संक्रमण, सङ्क्रमितको कुल सङ्ख्या ९,०२६

नेपालमा विगत २४ घण्टामा अाइतबार थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९,०२६ पुगेको छ।

उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३  जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ मा संक्रमण पुष्टि भएको छ  । यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

विगत २४ घण्टामा कुल १९४ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले बताए।

उनका अनुसार गुल्मीमा भारतबाट उपचार गराई फर्किएर होम क्वारन्टीनमा बसेका एक व्यक्तिको मृत्यु भएपछि परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको छ।

ती व्यक्ति जेठ २५ गते फर्किएको र उनको असार ५ गते निधन भएको डा. गौतमले बताए। उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ।


एजेन्सीकाे सहयाेगमा