बिदेशिएका चेली फर्किदा खोइ मानवता ?


लेखापढी      ७ असार २०७७, आईतवार ०२:४१

बिदेशिएका चेली फर्किदा खोइ मानवता ?
असार ५ गते सुक्रबार स्थानीय समय अनुसार ५ बजे युएईको दुबई अन्तर्राष्टिय बिमानस्थलबाट नेपाल एयरलाईन्सको जहाजले १४८ जना यात्रु बोकेर नेपाल फर्कियाे । जसमा १ सय १ जना महिला मध्ये ९४ जना महिला गर्भवती भएको नेपाली दुतावासले पुष्टी गरेको छ । यसैलाई लिएर नेपालका केही अनलाईन मिडियाले तातो-तातो समाचार बनाए, तर नेपाली फेसबुक प्रयोगकर्ताहरुले विभिन्न फोटो प्रयोग गर्दै ति गर्भवती महिलाहरुको समवेदना नबुझेरै धारिला शब्दबाणहरुले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । 
 
ति अनलाईन मिडियाहरु अगाडी लेख्छन ९४ जना मध्ये २७ जना मात्र श्रीमान/श्रीमति साथमा थिए, बाँकी सबै भिजिट भिसामा श्रीमान भेट्न गएका लकडाउनले गर्दा फर्किन नपाएका थिए । समाचारको आसय नबुझी अनावस्यक टिकाटीप्पणी गर्नाले नेपाली फेसबुककर्ताहरुले हाम्रो समाजलाई कुन दिशातर्फ लैजाँदै छन् ? पछिल्लो समय केही नेपाली फेसबुक प्रयोगकर्ताहरु अत्यन्तै संबेदनशिलहीन भैदिनाले हरेक बिषय गम्भिर बन्दै गइ रहेको छ ।
 
युएईमा रहेका केहि पुरुष तथा महिला मित्रहरूले १९ तारिख अर्थात असार ५ गते नेपाल फर्काईएका ९४ जना गर्भवती दिदिबहिनीहरुका बारेमा निकै घटिया टिप्पणी गरेको बारेमा आफुहरुलाई धेरै दु:ख लागेको बताएका  छन् । आपतमा परेका नारीहरुलाई आर्थिक सहयोग गर्न नसकेता पनि कमसेकम सामाजिक सञ्जालहरुमा घटिया सोच सहितका अत्यन्तै निच पोस्टहरु त नगरौन !
 
 
२-४ जना सोझा नेपाली चेलीहरु बिभिन्न प्रलोभन वा अन्जानमा गलत सबन्धमा परेको अपबाद बाहेक सम्पूर्ण नेपाली चेलीहरुलाई गलत आरोप लगाइ समाचार बनाउनु ठुलो अपराध हो । अझैं यस्ता समाचारको पछी दौडिने वा कतिपय समाचारको आषय नबुझी आफ्नो धारणा सामाजिक सन्जालमा राख्दा अन्य ब्यक्ति र समाजमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा राम्रोसँग सोच्नु पर्दछ । त्यसै त कोरोनाको त्रास, त्यसमाथि लामो समय अर्काको देशमा लकडाउनमा त्यो अवस्थाका नारीहरुलाई तपाईंहरुले लेखेका अपाच्य र छुद्र फेसबुक स्टाटसले कस्तो असर गर्छ एक पटक सोचौं । 
 
"स्मरण रहोस खाडीमुलुक जाने सबै गलत हुदैनन् वा नराम्रा अनपढ मात्र हुदैनन् । खाडीका देशहरु सुन्ना साथ नाक खुम्च्याउने साथीहरुले कान खोलेर सुन्नुहोला । खाडीमा पनी युरोप अमेरीका भन्दा राम्रो आम्दानी गरेका छन् । नेपालीहरु मिलेर राम्रा तथा ठुला ब्यापार-ब्यावसाय गरेकाछन् । बिभिन्न नेपाली कम्युनिटीहरु छन् । एकअर्कामा धेरै मेलमिलाप र सद्भाव छ ।"
 
खाडिमुलुकमा अपवाद बाहेक धेरै राम्रा कुरा छन् । बनाउनुहोस न मिडियाका साथीहरुले त्यस्ता राम्रा समाचार ? साॅच्चिकै भन्ने हो भने देशमा परेका कुनै पनि आपत-बिपद हुन या कसैको उपचार गर्न, घर बसाउन तथा सरकारका राहत कार्यक्रम र बिभिन्न विकासका कार्य गर्ने संघ-संस्थालाई दिल खोलेर एकजुट भै नेपालीत्वपनका साथ धेरै भन्दा धेरै रकम सहायता तिनै खाडीमा बस्ने नेपालीहरुबाट आई रहेको हुन्छ ।
 
हरेक नेपालीका दु:खमा मन अमिलो बनाई आफुले खाईनखाई दुखि गरीबलाई सहायता गर्ने मनका धनी नेपाली साँच्चिकै कतै छन भने तिनै दुबई र कतारमा छन् । त्यसैले केही कुरा बोल्नु वा समाचार बनाउनु पूर्ब राम्रो सँग सोच्ने गरौं । तपाईँहरुका गलत फेसबुक स्टाटस र तिता समाचार शीर्षक पक्कै ति ९४ जना गर्भवती महिलाहरुले कतैन कतै देखेका होलान ! कति अमिलो मन बनाए होलान ? कति रोएका होलान ? कोरोनाको यस्तो महामारी अवस्थामा बल्ल-तल्ल आफ्नो देश सम्म आई पुगे, घर परिवारसम्म पुग्न अझैं १४-१५ दिन क्वारेन्टाईनमा बस्नु पर्ने पिडाले पेटमा हुर्कदै गरेको बच्चासँगको त्यो सरिर कति कापि रहेको होला ? 
 
"फेशबुकमा नराम्रा टिप्पणी गर्ने दिमागले सरकारलाई सुरक्षित क्वारेन्टाईन् बनाई ति ९४ जना गर्भवति महिलाहरुलाई उच्च सतर्कता, सन्तुलित खानपान र केही परेको खण्डमा तुरुन्त स्वास्थकर्मीको नियमित सोवा उपलब्ध होओस भनी सरकारलाई दबाफ दिनुहोस न ! तिखा समाचार शिर्षक बनाई लेख्ने मिडियाकर्मीका क्यामरा ति महिलाहरु बसेको असुरक्षित क्वारेन्टाईनमा पुगोस न ! अनी राज्यको चौथो अंगले काम गरेको छ भनी हामी गर्व गरौंला ।"
 
अन्यथा तपाईँहरुका मानवताहीन, दया र करुणा हराएका समाचार लेख्न र फेसबुकमा स्टाटस राख्न बन्द गर्नुहोस । तपाईँहरुका समाचार र फेसबुकका टिप्पणीले कतै उनीहरूमध्ये एकजनाले पनी आत्महत्या गरे भने दोषीको भागिदार तपाइँहरू नै हो भन्ने चेत होस ।  कृपया दु:ख र पिडाको बेला मानवता बचाई राखौं ! एकअर्कालाई सकेको सहयोग गरौं नसके केही नभनौं ! सभ्य नेपालीको परिचय दिउ ! 
 
अन्तमा, ति सबै ९४ जना गर्भवति नेपाली दिदीबहीनीहरु उच्च मनोबलका साथ १४ दिने क्वारेन्टाईनमा बस्नुहोला । आफु र आफ्नो भविस्यको सुन्दर सपनाको फूल पेटमा रहेको शिशुको स्वास्थमा आफै पनी राम्रोसँग ख्याल गर्नुहोला भन्दै तपाईंहरु सबै जनाको सुस्वास्थ र दिर्घायुको कामना गर्दछु ।
 
धन्यबाद !! 


बिबेक चन्द ठकुरी
(मध्यपस्चिम, नेपाल)

(युवा समाजसेवी, विश्लेषक, स्वतन्त्र बिचारक बिबेक चन्द ठकुरी द्वारा नियमित रुपले प्राप्त अनेकौ लेख, रचना तथा बिचारहरुको लागि लेखापढी मिडिया  हार्दिक आभार व्यक्त गर्दछौ ।)


www.lekhapadhee.com
lekhapadhee@gmail.com