शिक्षा प्रेमी अंगुरबाबा जोशीको निधन, नेपालकै पहिलो महिला क्याम्पस प्रमुख


लेखापढी      ७ असार २०७७, आईतवार ०१:३३

शिक्षा प्रेमी अंगुरबाबा जोशीको निधन, नेपालकै पहिलो महिला क्याम्पस प्रमुख

नेपालकै पहिलो क्याम्पस प्रमुख शिक्षा प्रेमी अंगुरबाबा जोशीको  ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको उपचारको क्रममा महाराजगन्जस्थित बाँसबाँरी न्यूरो अस्पतालमा निधन भएको हो ।

बि.स. १९८९ साउन ३१ मा काठमाडौं डिल्लीबजारमा बुबा पिताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट जन्मिएकी जोशीको ११ वर्षकै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । तत्कालिन समयमा बिधालय गएर पढ्न नपाउने अबस्थामा घर मै अनौपचारिक शिक्षा हासिल गरेकी थिइन । 

२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी शिक्षा बिद जोशीले  श्रीमान् बलराम जोशीसँगै बनारस पुगेर राजनीति शास्त्र र संस्कृत विषयमा बीए पास गरिन्। त्‍यसपछि बेलायत सरकारद्वारा प्रदान गरिने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्न गइन्। त्यहाँ उनले चार वर्षमा अध्ययन पूरा गरेकी थिइन्।

शिक्षा विद जोशीकै अगुवाइमा काठमाडौँ मा पद्मा कन्या कलेजको स्थापना भएको थियो । उहाकै निर्देशन अनुसार क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला अनिबार्य गरिएको थियो । 

जोशीका ‘कल्पना कथासंग्रह’ (बि.सं. २०३१), ‘क्यान्सरः वरदान’, ‘वृद्धा अवस्था: जीवनको श्रीपेच’ र ‘दीक्षा’ कृति प्रकाशित छन्। शिक्षा क्षेत्रमा उहाले गर्नु भएको योगदानको कदर स्वरुप उनले गोरखा दक्षिण बाहु दोश्रो, त्रिशक्ति पट्ट तेश्रो, महेन्द्र विद्या भुषण पहिलो, २०७२ सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो । 

उहाका परिवारमा दुइ जना छोरी र एक छोरा-बुहारी साथै १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् ।