राम्रो बानीले हाम्रो सोचाइ बदल्न सक्छ


लेखापढी      ६ असार २०७७, शनिबार १९:०३

राम्रो बानीले हाम्रो सोचाइ बदल्न सक्छ

हाम्राे घरकाे सरसफाई  राम्राे भयाे भने यसकाे प्रभाव हाम्राे साेचाइमा पर्दछ जसले हाम्रा विचारहरू सकारात्मक हुन्छन् । यदी घरमा फाेहाेर बढी भयाे भने यसले हाम्रा साेच एवम् विचारहरूमा पनि नकारात्मक प्रभाव बढद्छ ।  यस  विषयमा एक लोक कथा प्रचलित छ। लाेककथाका अनुसार एक व्यक्तिले आफ्नो घरमा सरसफाई राख्दैनथ्यो । ऊ एकदम अल्छि थियो।

एक दिन उसको घनिष्ठ मित्र उसको घरमा आए ।  उसकाे साथीले घर एकदमै फाेहाेर देख्याे, घरमा जताजतै फाेहाेर थियाे मानाै की लामाे समयदेखि याे घरमा कुनै मानिस बस्दैनन् । तब उक्त व्यक्तिले साथीलाई भन्यो कि घर सफा गर्नु कुनै अाैचित्य नै छैन, यो फेरि फोहोर हुन्छ, जति सफा गरे पनि उस्तै हाे। तब उसकाे साथिले त्यस साथिलाइ भन्याे “घर सरसफाइ गर्नु अति अावश्यक छ अन्यथा धेरै समस्याहरू अाउन सक्दछन् ।” तर त्यो व्यक्तिले साथीकाे कुरालाइ बुझ्न सकेन । उनले लाग्दछ कि घर सरसफाईमा समय खेर फाल्ने कुनै फाइदा छैन। उसकाे साथीले उसलाइ एउटा फूलकाे बुके उपहार दिएर गयाे । 

त्यस व्यक्तिले आलमारीकाे माथि त्याे फूलकाे गुलदस्ता राख्याे ।  यस पछि, जब कुनै पाहुना उसको घरमा आउँदथिए तिनीहरूकाे एउटा सुन्दर गुलदस्ता देख्दथे र भन्थे फूलकाे बुके वा गुलदस्ता एकदमै सुन्दर छ, तर घर यति फोहोर छ । बारम्बार त्यहि कुरा सुनेपछि त्याे व्यक्तिले सोचे कि मैले यो दराज सफा गर्याे । अब उनको घरमा आएका व्यक्तिहरूले भने कि फूल एकदमै सुन्दर छ, दराज पनि सफा छ, तर पूरै घर फोहोर छ। यी कुरा सुनेर त्यस व्यक्तिले दराजबाट भित्ता सफा गर्याे ।

अब उसको घरमा आउने सबैले त्यही सफा गरेकाे कुनामा बसाउन रुचाए, किनकि त्यहाँ सफाई थियो । एक दिन रिसाएर त्यस मानिसले पूरै घर सफा गर्याे र भित्ताहरू पनि रंगायाे । बिस्तारै उसको सोच परिवर्तन हुन थाल्याे र उनले सधै घर सफा गर्न थाल्याे । उसको आलस्य बित्दै गयो र उसको सोचाइ परिवर्तन भयो । उसले सुरू गरेकाे सानाे दराजबाट उसले पुरै घर सफा गर्ने बानिकाे विकास भयाे । 

पाठ (शीक्षा)

यस घटनाको पाठ यो हो कि हाम्रो एउटा सानो राम्रो बानीले हाम्रो सोचाइ बदल्न सक्छ, जसले हाम्रो जीवन परिवर्तन गर्न सक्दछ। ठूलो अवरोध पनि राम्रो बानी द्वारा पार गर्न सकिन्छ ।