बसन्त बहार आउनैपर्छ


लेखापढी      ६ असार २०७७, शनिबार ०९:३६

बसन्त बहार आउनैपर्छ

बसन्त बहार आउनैपर्छ !
हजारौ फूलहरु फूल्नैपर्छ !!

गरिबहरुको हाहाकार र चित्कार छ !
भुमिहिनहरुको सुक्क सुक्क सुस्किरा छ !!
हुदा खाने र हुनेखानेहरु बीच,
आकाश पातालको फरक छ !!

बसन्त बहार आउनैपर्छ,
हजारौ फूलहरु फूल्नैपर्छ !

कतै खडेरी लागेको छ,
कतै बाढी उर्लेको छ !
शासक भोगबिलासले मात्तिदै गए !
जनता अभाब र पीडाले तात्तिदै गए !! 
मानब समाज अस्तब्यस्तमा धकेलिदै छ !
अब पर्खिने र आनन्दले बस्ने समय छैन !!

बसन्त बहार आउनैपर्छ,
हजारौ फूलहरु फूल्नैपर्छ !

पराईले भुमि मिच्दा बेवास्ता हुदैछ !
अराजकता र छलछामले शासन चल्दैछ !!
जनता बन्दाबंदिको एकान्तबासमा बौरिदैछ!
संक्रमणको उर्बर भूमिमा कस्टकर जीवन चल्दैछ !!

बसन्त बहार आउनैपर्छ,
हजारौ फूलहरु फूल्नैपर्छ !!


रघुबिर चन्द
वेदकाेट- २, दैजी, कञ्चनपुर