राजनैतिक पण्डितहरुले बिलिन पारेको एक इतिहास


लेखापढी      ६ असार २०७७, शनिबार ०३:०३

राजनैतिक पण्डितहरुले बिलिन पारेको एक इतिहास

Anglo Nepalese War ले प्रख्यात सन् १८१४-१८१६ युद्व पश्चात सन १८१५, डिसेम्बर-२ मा सन्धिको ड्राफ्ट तयार भयो । सो उद्देश्यको लागि राजा गिर्वाण युद्वबाट आफ्नो राज पुरोहित तथा पण्डित मिश्र र उपाध्यायलाई ब्रिटिस सरकार अन्तर्गत ‘British East India Company’ सँग सन्धि गर्न पठाएका थिए ।

जुन ४ मार्च १८१६ मा अनुमोदन भएता पनि अन्तिम अनुमोदन नेपाल नरेस अर्थात नेपालको महाराजाबाट हुनपर्नेमा आजको दिनसम्म भएको छैन, सो शर्त आजसम्म नेपाल नरेशले निभाएका छैनन् । प्रष्ट छ नेपाल नरेसले आफ्नो गुमेको भुमिलाई अझै आधिकारिक रूपमा नमानेको भन्ने । तर दुवैजना दरवारका पण्डितले सन्धिमा धोका दिएकाले ब्रिटिस सरकारबाट प्रशस्त सम्पत्ति पाएर भारतमै पलायन भए र उतै बसे, हाल तिनका सन्तान भारतीय भएर बसेका छन् ।

मोदीले सुगौली सन्धिको फेरि बहस चलाएको खास कारण अरु केही नभई भारतको स्वार्थ अनुरूप अन्तिम अनुमोदन नेपाल नरेसबाट होस भन्ने चाहेका छन भन्दा कुनै अत्युक्ति नहोला । सुगौली सन्धिले पुर्णता प्राप्त गर्न मोदी वा भारतलाई नेपाल नरेसको नै आवश्यकता हुन्छ । अब नेपाल नरेसको सट्टा कुनै दाहाल, ओली, देउवा, मिश्र, उपाध्याय, नेपाल, भट्टराई, खनाल आदि नेपाल नरेस भई सहि धस्काएर सन्धिको अन्तिम अनुमोदन वा Ractify गर्ने स्थिति भएन र नहुने यथार्थता हो । तसर्थ भारतले राजसंस्थाको आबश्यकता पनि देखेको हुन सक्छ । राजा ज्ञानेन्द्रद्वारा धेरै चोटि भारत भ्रमण भएको सबैलाई जानकारी त छँदैछ । भारतको कुटिल चालले गर्दा नै राजा ज्ञानेन्द्रले उसबेला सहजै गद्वी त्याग गरिदिएका थिए । राजा बीरेन्द्रको बंश नास त नेपाल भुटान सरह रहन स्विकार्य नगरेर र नागरिकता बिधेयकमा समर्थन नजनाएर नै भएको भन्ने सम्पूर्ण नेपालीले बुझेको अबस्था छ । अझ भारतको मनसाय बुझेेर नै राजाले अहिलेको स्थितिमा त्यति चासो देखाएका छैनन । गद्वि आरोहणका लागि नभई देश र राष्ट्रियता बारे उनी चिन्तित देखिन्छन । सिमा बिबादले ठुलो रुप लियो भने सुगौली सन्धिले पुर्णता प्राप्त नगरेसम्म भारतको अन्तर्राष्ट्रिय स्तरमा छवि  बिग्रने निश्चित देखिन्छ । यस सन्धि अनुरूप आफ्नो हात तलै रहनाले कालापानी, लिम्पियाधुरा र लिपुलेक मुद्वा कमजोर नै रहन्छ ।

सिमा बिबादले ठुलो रुप लियो भने सुगौली सन्धिले पुर्णता प्राप्त नगरेसम्म भारतको अन्तर्राष्ट्रिय स्तरमा छवि  बिग्रने निश्चित देखिन्छ । यस सन्धि अनुरूप आफ्नो हात तलै रहनाले कालापानी, लिम्पियाधुरा र लिपुलेक मुद्वा कमजोर नै रहन्छ ।

तर एउटा १७,००० मार्ने आतंकवादीले खोक्रो अपत्यारिलो भनाई राख्दा अचम्म नै परिन्छ । राजतन्त्रको पालामा गुमेको भुमि गणतन्त्रले प्राप्त गर्यो रे !!  यो कतिको हल्का टिप्पणी छ । आफुले पठाएको पण्डितले सम्पत्तिको लोभमा फसेर गरेको सन्धिको अन्तिम अनुमोदन नगरि कानमा तेल हालेर सुन्या नसुनै गर्ने राजतन्त्रको ईतिहास नबुझी मनगढ़ंते कुरा गर्ने आतंकवादी पंडितलाई अब कसैले सुन्लान त ?  जातले पण्डितको संज्ञा दिएको होईन, यो त आफुले आफैलाई धुरन्धर राजनैतिक पण्डितको संज्ञा दिंदै नेपालको अहित गर्ने दुष्टताको पक्षको वर्णन गरिएको हो । पहिलाका मिश्र र उपाध्याय दरवारका शिक्षादिक्षा तथा पण्डित्याईँ गर्ने थिए भने यी दाहाल चाहिँ हेडमास्टर भई टोपली आतंकवादको शिक्षादिक्षा दिने पण्डित नै थिए । आखिर यो देशको मुद्वा र राष्ट्रियता कमजोर गर्ने यिनी धुरन्धर पण्डितहरूबाट भईरहेको छ, जस्तै बाबुराम भट्टराई ।  यिनले त मुलुकमा बिखण्डन ल्याउनेदेखि जात र पहिचानको नाममा सामाजिक सद्भाव खल्वलिने साथै गृहयुद्व होस भन्ने मनसायले नेपाली – नेपाली लडाउन उद्वत रहेको प्रष्टै रूपले देखिन्छ । 

'यी ति व्यक्ति हुन जसले मुलुकको चाबी अन्तै छ भनेर प्रष्टै रूपले भने तर मुलुक र जनताप्रती जवाफदेही हुन रूचाएनन र भन्न उचित ठानेनन कहाँ छ त मुलुकको चाबी ?'

आज सम्म देश र जनताको अहित नहोस भनी गद्वी नै त्याग्ने पुर्वमा टिष्टा र पश्चिममा काँडका पुगेको भुमिको आधिकारिक रूपले बर्चश्व गुमाउन नचाहि सुगौली सन्धिको आधिकारिक रूप नदिन अन्तिम अनुमोदन नगर्ने राजसंस्थालाई हिजाेका कोशी, गण्डक, महाकाली बेच्ने, भारत सरह बिदेशी कुटनिती रहने र नेपालमा १८ वटा भारतीय पेन्सन क्याम्प राख्न स्वीकृत दिने, नागरिकता बिधेयक पास गरि पचासौं लाख भारतीयलाई नागरिकता पान बाँडेको झैं बाँड्ने, नेपालमा भारतीय सुरक्षाकर्मी राख्न स्वीकृत दिने, बाणिज्य सम्झौता गरि भारतको बजारमा एकाधिकार रहने, नेपालको आकाश भारतलाई बेची उसको पनि अधिकार रहने सम्झौता गर्ने र  भारतीय कामदार तथा अरूलाई जारि गरेको वर्कपर्मिटको अबधारणा खारेज गरेर ह्वारर्ह्वारती भारतीयलाई सहज प्रवेश गराई नेपालको अस्तित्वमा भारतको हैकम रहने व्यबस्था मिलाउने दलालहरूले राजसंस्थालाई कुन मुखले औला  ठडाउने हैसियत राखे ? अचम्मको कुरा के लाग्छ भने जहिले पनि मुलुकलाई अप्ठेरो अबस्थामा राखि भारतीय पक्षलाई आफ्नो देशको चाबी बुझाउनेहरू क्रान्तिका मुस्लो बोक्ने अनि जनता ढाँट्नेले राजसंस्थालाई गलत आरोपमा मुछ्न दुई भित्ता उफ्रिनेहरूको नै यो देशमा बर्चश्व देखिन्छ । दिल्लीमा १२ बुँदे गरि सिल्ली भएर हिंड्नेले देश बचाउँछु भन्दा जनताले पत्याईदिनु पर्ने अबस्था छ । जुन पार्टिको नामाकरण, भरणपोषण भारतमा भयो त्यो नै यो देशको सबै भन्दा ठूलो प्रजातान्त्रिक शक्ति छ, यो हामी जनताको नालायकीपनले पनि हो ।
 
एकपटक आफ्नो ठुलोबुवा स्वर्गीय हेम बहादुर सिंह (पुर्ब आइजीपी) सँग उहाँले देह त्याग गरेको केही बर्ष अगाडि कालापानी बारे बुझ्न गएको स्मरण गर्न चाहन्छु । राजा महेन्द्रको पालामा कसरी कालापानीमा भारतीय सेना आएर बस्यो भन्ने लेख लेखेको थिएँ, त्यहि सन्दर्भमा बुझ्न जाँदा भारतीय सेना आएर कालापानीमा बस्नु के राजा महेन्द्रको हात थियो र विभिन्न तथाकथित बिश्लेषकले भने झैैं कालापानी राजा महेन्द्रले बेचेका हुन् र भनेर प्रश्न राखेका थिएँ ?
ठुला ठुला र राता आँखा पारेर तर्दै हेम बहादुर सिंहले मलाई पहिला ईतिहास पढ्नुपर्यो, यथार्थ बुझ्नुपर्छ । राजाले देश बेच्छ ? देश बेचेर कहाँका राजा बन्छन् ? भन्दै आगे यथार्थताको जानकारी दिए । सन १९६२मा चीन र भारतको लडाइँ पश्चात फर्किने क्रममा भारतका सेना भुलबस नेपालको सिमाना कालापानी आएर क्याम्प खडा गरेका रहेछन्, भुमि नेपालको भएको थाहा पाई एकजना भारतीय सुरक्षाका प्रमुख व्यक्तित्व राजा महेन्द्रलाई भेट्न आएका रहेछन् ।
सन १९६२मा चीन र भारतको लडाइँ पश्चात फर्किने क्रममा भारतका सेना भुलबस नेपालको सिमाना कालापानी आएर क्याम्प खडा गरेका रहेछन्, भुमि नेपालको भएको थाहा पाई एकजना भारतीय सुरक्षाका प्रमुख व्यक्तित्व राजा महेन्द्रलाई भेट्न आएका रहेछन् ।
उनले नम्रसँग नेहरूको सन्देश भनी फर्किन समय लाग्नाले केही समय भुलबस आएर बसेको भागमा बस्न दिन आग्रह गरेछन् । राजा महेन्द्रले नै चीनले भारतलाई हान्दैछ भनेर नेहरूलाई अग्रिम जानकारी दिएको पनि भनाई छ, उनले ती नेहरूको दुतलाई केही नभनी सिर्फ मुण्टो हल्लाई बिदा गरेछन् । त्यो बेलाको शासकलाई कस्तो भौगोलिक स्थिति भन्ने जानकारी सहज थिएन ? नजिकैको बस्तु स्थिति थाहा पाउन त महाभारत हुने समयमा दुरदराजको कुरा थाहा पाउन त महाभारतको सञ्जय नै हुन पर्छ ।
 
बल्ल बल्ल भारतको चंगुलबाट आफ्नो देशलाई मुक्त गरिरहेका राजाले आफ्नो भुमि हिंड्दा पनि भारतको भुमि भई हिंड्न पर्ने बाध्यतालाई चिर्दै बाटोघाटोको सञ्जाल बनाउँदै गरेकालाई दुर दराजको कुरा त्यहि नेहरूको दुतले पो झस्काईदिए त, कालापानी भुभागमा षडयन्त्र हुँदैछ भन्ने ।
स्व. प्रम गिरिजाले १८ वटा भारतीय पेन्सन क्याम्पको नाममा भारतीय खुफिया एजेन्ट राख्न दिएको पेन्सन क्याम्प हटाएर देखाओस अहिलेको सरकार । MCC को चर्को बहस राष्ट्रघाती भनेर ल यसलाई बिफल बनाएर देखाओस ।
तसर्थ उनकै पालामा मातृकाले राखेका भारतीय सिमा सुरक्षा हटाउने काम र लिम्पियाधुराको जनगणना हुने माहौल बन्यो । सुरक्षा पोष्ट हटाउँदै जाँदा लिम्पियाधुराको हट्यो ठानेका थिए तर त्यहा एकजना लाहुरे घर फर्किदा चालीस पचास भारतीय सेना देखे पछि पो नहटेको यातार्थता थाहा भयो पछि शाही सेनाले त्यहाँ सिमा निरिक्षण गर्न पठाएकै हो तर जब जब नेपाल आफ्नो पुर्ण स्वतन्त्रता तिर अग्रसर हुन्छ तिनका दलालहरुले प्रजातान्त्र, लोकतान्त्र र गणतन्त्रको नाममा बिद्रोह मचाई देशको राजनीति तहस नहस गर्छ ।
 
स्व. प्रम गिरिजाले १८ वटा भारतीय पेन्सन क्याम्पको नाममा भारतीय खुफिया एजेन्ट राख्न दिएको पेन्सन क्याम्प हटाएर देखाओस अहिलेको सरकार । MCC को चर्को बहस राष्ट्रघाती भनेर ल यसलाई बिफल बनाएर देखाओस । सुर्य बहादुरले सम्झौता गरेको भारतलाई ईच्छा बमोजिम पाँच करोड बिकास र स्कुलको नाममा खर्च गर्न पाउने राष्ट्रघाती प्राव्धान हटाएर देखाओस ।
 
मरिचमान जस्तो देशभक्त प्रधानमन्त्री भएको बखत काँग्रेस र कम्युनिष्ट मिलेर उल्टै भारतलाई नाकाबन्दी गर्न उक्साई चाक्सिबारीमा गणेशमानकै घरमा भारतीय नेता गुहारेर राष्ट्र बिरोधी काम गरि प्रभुहरूको आशिर्वाद बिना सत्ता टिक्दैन भन्ने प्रचलन चलाएका होइनन् र ? राजाले उपत्यकाको नेवारलाइ थिचोमिचो गर्यो भनेर भड्काउ भाषण गरेर मरिचमान जस्तो नुनको लागि भारतको शरण नपर्ने देशभक्त प्रधानमन्त्रीलाई दलाल पद्वमरत्न जस्ता नेवारले प्रतिस्थापन गराईए । तसर्थ अब जनताले बुझ्नै पर्ने भईसक्यो को ठिक को बेठिक भन्ने । अहिले हामीले भोगिरहेको अबस्था भनेको जनताले रक्सि र मासुको चोक्टा तथा चप्पल र साडिमा बिकिदिंदाको हो ।
 
राजा ज्ञानेन्द्रलाई भारतीय र पश्चिमका समकक्षीले भेटेर राजा बन्न गुहार नगरेका होलान् र ? तर किन राजसंस्था यस्तो जनता तड्पिरहेको विषम परिस्थितिमा जनता र नेतालाई सचेत मात्रै गर्दै बस्दैछन् तर गद्वि आरोहण को लागि उचित ठान्दैनन् र आउन ईच्छा देखाउँद‌नन् । यसमा सबै देशभक्त नेपालीको समर्थन नै होला कि उनी बिदेशीले बोकेर ल्याएको भन्दा सम्पुर्ण राष्ट्रवादी नेपालीले जुरूक्क बोकेर गद्वि आरोहण गराएकै राजसंस्था दरिलो, भरोसा रहित निष्ठावान होला भनेर । उनी किन आफ्नो देशको सार्वभौम र स्वाधिन बिदेशीलाई सुम्पेर आउलान् ? उनी भुटान भन्दा गई गुज्रेको अबस्था मानेर परराष्ट्र, गृह, रक्षा, जल-जमिन, जडिबुटी र देशको महत्त्वपूर्ण खानी बुझाएर आउन तयार हुन्नन् । MCC र भारतको हातमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको साक्षी बस्न तयार हुन्नन् । उनको आत्माले पछि आफ्ना पिता पुर्खालाई धिक्कार्ने बाटो बनाउँदैनन् । राजा महेन्द्रले पनि सायद यो मानेनन् र उनको मृत्यु होइन मन्दबिषले हत्या गर्यो भन्ने लाग्छ ।
 
 
झन् अझै देशले तिनका स्वार्थमा धेरै गुमाउन पर्ने हुन्छ । हामीले यस्तो पद्वती बनाउन पर्छ, कानुन बनाउन पर्छ देश कहिलै बिदेशीलाई सुम्पन दुस्साहास कसैले नगरोस् । महाकाली बेच्नेलाई टिष्टा र काँकडा गुमेको घाउ आलै छ भन्ने के बुझ्ला र ब्यथाले के दुखाउला ? पुर्वमा टिष्टा पुगेथ्यौं र पश्चिममा किल्ला काँकडा गुथ्नेको मर्म मेची र महाकालीमा सिमा टुङ्ग्याउने राष्ट्र गीतले के बुझ्ला ?
 

तसर्थ देश र राष्ट्रियताको रक्षार्थ, देशको सम्प्रुभुता, सार्वभौम, स्वाधीनता र पुर्ण स्वतन्त्रताको सुरक्षार्थ राजसंस्थालाई मुलुकको गद्विमा पुनर्स्थापित गर्नु छ भने जनता एक ढिक्का भएको जानकारी राजा ज्ञानेन्द्रको पाँचौ ईन्द्रियलाई झक्झक्याउने प्रयास गरौं । बिक्रम सम्बत २०७८ सम्म केही उथलपुथल र २०८२ भित्र नया शासन पद्धति अनुरूप आउने खाका तयार पारौं । नत्र देश र राजसंस्था आफैमा रमाएर बसेका छन् । खाली Lets not talk just TikTok भईरहेको माहौल छ ।



सोम बिक्रम सिंह
काठमाडौँ 
कर्मनिष्ठ अभियन्ता
एबं अध्यक्ष
राष्ट्रिय सरोकार मन्च नेपाल