तिम्रो याद आउछ… जय नेपाल


लेखापढी      ५ असार २०७७, शुक्रबार ०२:५०

तिम्रो याद आउछ… जय नेपाल

हरेक खुशी र  दु:खमा तिम्रो  याद  आउछ !
नुनको आँखा पोलाईमा तिम्रो याद आउछ !!

तिम्रो अमृतले भरिपूर्ण छाललाई के थाहा- गंगा माँ,
समुन्द्रपारि    बिरानोमा   तिम्रो    याद    आउछ !!

हरेक खालि आँगन देख्दा  तिम्रो  याद आउछ !
बिहान सपनिको मलिन्दमा तिम्रो याद आउछ !!

कसैले हेरे   जन्मपत्री   तिम्रो   याद    आउछ !
ब्रत बस्छिन कोहि सावित्री त तिम्रो याद आउछ !!

अचानक संकटमा हात जोडी आँखा चिम्लेर,
गाउछ कोहि गायत्री  त  तिम्रो याद आउछ !!

निकाल्थिन आमाले मुहुर्त जब तिम्रो याद आऊछ!
हास्छ जहिले बुद्धको मुरत त तिम्रो  याद आउछ !!

रियाल र डलरको मोहमा लुके बिर्सेर रुपैयालाई,
देख्छु जब सगरमाथाको तस्बिर त तिम्रो याद आउछ !!

कहिले हुदा मौसम मनभावन तिम्रो याद आउछ !
गर्जिदा आकाश,बर्सिदा मेघ तिम्रो याद आउछ !!

कहिँ  गुन्जिदा  रास्ट्रीयगान  गर्वको  आँशुले,
बनाउदा आँखालाई पावन त तिम्रो याद आउछ !!

हे..   हेल्लो..   हाय     सुनेर   आउदैन   याद    तर,
जब भन्छ कोहि नमस्कार – जय नेपाल, तिम्रो याद आउछ !!



किरण परियार नारद 
महेन्द्रनगर, कंचनपुर 
सुदुरपश्चिम