ईतिहासका पाना लेख्न


लेखापढी      ४ असार २०७७, बिहीबार ०३:४२

ईतिहासका पाना लेख्न

जहा जान्छौ मनभित्र सगरमाथा खोज्नुपर्छ !

नेपाल र नेपालीको बिचमा नाता खोज्नुपर्छ !!

 

जीवनका पाईलाहरु अघि बढाउदै जादा,

पदचापमा शहिदको गौरब गाथा खोज्नुपर्छ !!

 

झर्न लागिरहेको बेला देशको माथ बचाउन,

ईतिहासका पाना लेख्न रगत राता खोज्नुपर्छ !!

 

जैविक बिबिधताले स्वर्ग झैँ देखिने हुदा,

जन्म लिदा हामी सबले नेपाल माता खोज्नुपर्छ !!

 

चारैतिर भेदभावको धराप थप्न थालेपछि,

बिरुद्दमा आवाज खोलि समानता खोज्नुपर्छ !!



अंकुर चन्द 

बेदकोट नगरपालिका 

कंचनपुर, सुदुरपस्चिम 

(अंकुर चन्द सुदुरपश्चिम प्रदेशबाट नियमित रुपमा साहित्यिक रचना पठाउदै आउनुभएको छ, हार्दिक आभार व्यक्त गर्दछौ – लेखापढी मिडिया )