काेराेना संक्रमणकाे जाेखिमसँगै काममा गइसकेपछि घरमा फर्किदा अपनाउनु पर्ने व्यक्तिगत साबधानीहरू


लेखापढी      ४ असार २०७७, बिहीबार ११:५७

काेराेना संक्रमणकाे जाेखिमसँगै काममा गइसकेपछि घरमा फर्किदा अपनाउनु पर्ने व्यक्तिगत साबधानीहरू

कोरोना संक्रमणको जाेखिमका बीचमा अब विस्तारै जनजीवन सामान्य हुँदै गइरहेकाे छ । कार्यालायहरू, बजारहरू, पसलहरू विस्तारै विस्तारै खुल्दै गइरहेका छन् । मानिसहरू विस्तारै विस्तारै काममा जान थालिसकेका छन् तर काेराेनाकाे जाेखिम यथावत छ । सबैभन्दा महत्वपूर्ण कुरा हामी सबैले काेराेना भाइरसकाे संक्रमणबाट जाेगिनका लागि सजक, सतर्क रही साबधानी अपनाउनु जरूरी रहेकाे छ जसले गर्दा काेराेना भाइरस हाम्राे घरसम्म नपुगाेस । हाम्राे परिवार काेराेना भाइरसकाे जाेखिमबाट जाेगिनु जरूरी छ जसका लागि हामी सबैले केही साबधानीहरू अपनाउनु जरूरी रहेकाे छ । हाम्राे सानाे लापरवाहिले काेराेना भाइरसकाे संक्रमण हाम्राे परिवारमा फैलन सक्दछ । विज्ञका अनुसार काेराेना भाइरसकाे संक्रमणकाे मुख्य जाेखिम हाम्राे घरकाे गेट र ढाेका हुन सक्दछ त्यसैले हामीले ध्यान दिन जरूरी छ । यसै गरी हामी अाफू पनि सुरक्षित भएर अरूलाइ पनि सुरक्षित राखी यस काेराेना भाइरसकाे महामारीबाट सबैले जाेगीनु जुरूरी छ ।  

कार्यालय वा काममा जानेहरूका लागि अपनाउनु पर्ने महत्वपूर्ण साबधानीहरू

१. मास्क लगाउने र निकाल्ने बेलामा मास्ककाे अगाडिकाे भाग नछुने, पछाडिकाे डाेरीबाट निकाल्ने र लगाउने, छाेइहालेमा साबुन पानीले राम्राे सँग हात धुने । 

How to Properly Wear a Face Mask for COVID-19 Pandemic - Chicago ...२. ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

३. खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

४. भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, जानै परे मास्क र सामाजिक दुरी कम्तिमा दुइ फिटकाे दुरी कायम गर्ने,  हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।

५. बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

Infographic: How to Wash Your Hands to Help Prevent Coronavirus Spread

६.  हातले छाेइने बस्तुहरूमा सेनेटाइज गर्ने जस्तै, चुकुल, गाडिकाे स्टीयिरिंग, ढाेकाकाे चुकुलहरू

७. बाहिरबाट अाउँदा जुत्ता चप्पल बाहिर खाेल्ने, मास्कहरू सुरक्षित तबरले खाेल्ने,

८.  अाफू पुर्ण रूपमा सफा भ्इसकेपछि मात्र केटाकेटीहरूलाइ छुने वा बस्ने,

९. साैचालयहरू प्रयाेग गरिसकेपछि राम्राे सँग सफा गर्ने ।

१० . भरसक बाहिरका खानेकुराहरू नखाने, घरमा बनाइएका स्वथकर र शरिरलाइ फाइदा पुग्ने खानेकुरा खाने । 


लेखापढी