कोरोना संक्रमित संख्या ७८४८ पुग्यो: थप साबधानी अपनाउनु पर्ने


लेखापढी      ४ असार २०७७, बिहीबार १७:२९

कोरोना संक्रमित संख्या ७८४८ पुग्यो: थप साबधानी अपनाउनु पर्ने

काठमाडौँ । सरकारले लकडाउन खुकुलो गर्ने तयारी गर्दै गर्दा अहिले संक्रमितको संख्यामा अझ बृद्दी भएको देखिन्छ ।  पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । 

अहिले सम्म जम्मा २२ जनाको मृत्यु भएको छ भने ११८६ जना निको भएर घर फर्किसकेको तथ्यांक छ । सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसै गरि स्यन्न्जामा ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५/५ जना, पर्वत र दाङका ४/४ जना, बाँके, बर्दिया र गुल्मीका ३/३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २/२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुकुलो हुदै गर्दा सर्बसाधारण सबैले सामाजिक दुरीको पूर्ण पालना गर्नुपर्ने छ ।