जवाफ विहिन सरकार


लेखापढी      २ असार २०७७, मंगलवार १६:००

जवाफ विहिन सरकार

दबिएकै सोझा निमुखालाई खोज्छ्न अझै दबाउन !
दिदैन समानताकै नाममा दलितलाई मुन्टो उठाउन !!

बेकसुर पनि दोषी ठानिन्छ्न दोष बिना पनि !
अधिकारको हत्या गरि मौन छ राज्यसत्ता पनि !!

प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रकै लागि लड्यौ सधैभरी,
परिवर्तनको शङ्ख बजाउने होला अब खै के गरि ?

सम्झौता गरेकै छ्न सर्वहाराले आफ्नै जिन्दगीसित !
रबाफ देखाएरै पुजिपतिले खाएकै छ्न मजासित !!

लोकतन्त्रमै करौडौका गाडी कार्पेट सजाएकै छन दरबार !
पिसिआर नभएरै मरेको खबर छापिएका छन अखबार !!

त्यान्द्रोमा झुन्डिएझै छ अहिले बिश्वको परिस्थिति !
हारेको जुवाडे जस्तै भएको छ हाम्रो देशको स्थिति !!

क्रियाकै भरमा प्रतिक्रियाका आशाबादीहरु पनि !
बिर्सने रहेछ्न राष्ट्रियतामा भएको गद्दारीपन पनि !!

धुम्मिएको छ आकाश राष्ट्रियता र नागरिकको शोकमा !
देखेनन क्षुद्र तानाशाहीले सडकमै मान्छे मरेको भोकमा !!

जनता सारा सडकमा केहि मतलब गरिएन,
चित्त बुझ्दो उत्तर चाहियो सरकार किन मौन ?

न्याय-कानुन आफै भए मच्चाए अराजकता पनि !
राबणहरुद्दारा शासन गरियो रामराज्यमाथी पनि !!

कहाँ गए सत्ता पाउन भनी गाएका मार्क्सका मन्त्र !
अत्याचार दमनले घुडा टेक्न बाध्य भो लोकतन्त्र !!

आन्दोलन गर्नुपर्दछ अब हुन्छ्न पुत्ला दहन पनि !
दिदैनौ अब हामी गरिब असाहयको आँसु बहन पनि !!

बदलिन्छ्न छेपारो झै के नै गर्नु बिकासका कुरा !
भो बिरोधाभास नगरौ असहाय छ सरकार बिचरा !!


सन्दिप गिरि,
पोखरा (कानुन अध्ययनरत बिद्यार्थी)