कोरोना भाइरस नेपाल: थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

नेपालमा विगत २४ घण्टामा मंगलबार थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ ।

 देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका हुन् । यससँगै संक्रमितको संख्या  ६हजार ५ सय ९१ जना संक्रमित पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । 

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,०५३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १,४३,७३८ हजार नौ पुगेको छ।

 338 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x