कोरोना नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समिति खारेज

केन्द्रीय कमाण्डको जिम्मा सीसीएमसीलाई

काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको हो । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई दिने निर्णय गरेको छ ।

सीसीएमसीको नेतृत्व पनि उपप्रधानमन्त्री पोखरेलले नै गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समन्वय समितिभन्दा सीसीएमसी मार्फत भएका काम नै प्रभावकारी हुने देखिएकोले सीसीएमसीमा ४ जना मन्त्रीहरु पनि थप गरेका छन् ।

‘कोरोनासँग सम्बन्धित सबै काम एउटै सेन्टरबाट गर्दा प्रभावकारी हुने देखियो । त्यही भएर समिति खारेज गर्ने र उसले गर्दै आएका काम सीसीएमसीले गर्ने निर्णय भएको बालुवाटार उच्च स्रोतले बताएकाेे छ , ‘माइन्युट हुन बाँकी छ तर खारेज भए बराबर हो ।’

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन गरेको थियो ।


 लेखापढी 

 97 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x