अमेरिकामा प्रहरीको गोली लागेर अर्का अश्वेत व्यक्तिको मृत्यु भएपछि विरोध झन् चर्किँदै


लेखापढी      १ असार २०७७, सोमबार १५:१६

अमेरिकामा प्रहरीको गोली लागेर अर्का अश्वेत व्यक्तिको मृत्यु भएपछि विरोध झन् चर्किँदै

एजेन्सी, १ असार । संयुक्त राज्य अमेरिकामा अर्का अफ्रिकी-अमेरिकीलाई पक्राउ गर्ने क्रममा गोली हानिएको घटना सार्वजनिक भएपछि प्रहरीले गर्ने अत्यधिक बल प्रयोगको फेरि निन्दा सुरु भएको छ ।

एक अश्वेत पुरुष रेशर्ड ब्रूक्सलाई शुक्रवार अबेर राति प्रहरीले गोली हानेर मारेको भिडिओ सार्वजनिक भएपछि विरोध सुरु भएको हो।ब्रुक्सलाई गोली हानी मारेको भिडियो सार्वजनिक भएपछि विरोध सुरु भएको हो । जातीय विभेद भएको भन्दै देशका विभिन्न स्थान र राष्ट्रपति भवन ह्वाइट हाउस नजिकै घटनाको विरोधमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।

प्रहरीद्वारा जारी ’बडी क्यामरा’ फूटेजमा अधिकारीहरूले ब्रुक्सको अनुमतिमा उनले मदिरासेवन गरे वा नगरेको जाँच गरिरहेको देखिन्छ । त्यसपछि दुई प्रहरी अधिकारीले ब्रूक्सलाई हत्कडी लगाएको देखिन्छ र त्यही बेला उनीहरूको ’बडी क्यामरा’ खस्छ । त्यसपछि सुरक्षा क्यामरामा कैद भएको दृश्यमा ती अधिकारी र ब्रूक्सबीच भुइँमा सङ्घर्ष भइरहेको देखिन्छ । त्यसपछि ब्रूक्सले एक प्रहरी अधिकारीको टेजर खोस्छन् र भाग्न थाल्छन् ।

ब्रूक्सलाई प्रहरी अधिकारीहरूले पछ्याइरहँदा उनी भाग्दै र पछाडि फर्कँदै प्रहरीतिर टेजर तेर्स्याउँछन् । त्यसपछि प्रहरीले उनलाई गोली हान्छन् । 

यही घटनाको कारण एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएकी छन् । र घटनामा संलग्न प्रहरीहरुलाई पदमुक्त गरिएको छ ।

केही साताअघि मात्र प्रहरीले आफ्नो नियन्त्रणमा लिने क्रममा मिनियापलिसमा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएको थियो ।


साभारः विविसि लगाएत समाचार एजेन्सीकाे सहयाेगमा