कोरोना भाइरस नेपाल:थप ४५१ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या ६,२११


लेखापढी      १ असार २०७७, सोमबार १७:०१

कोरोना भाइरस नेपाल:थप ४५१ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या ६,२११

काठमाडाैं, नेपाल । सोमबार ४ सय ५१ जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ ।  स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।  उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र  ३५ महिला रहेका छन् । 

कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएका र १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको बाहुल्य छ। कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि हुनेमध्ये दैलेखका ९१ र सुर्खेतका १९ जना छन् ।