बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या


लेखापढी      ३२ जेष्ठ २०७७, आईतवार १५:२२

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।

उनको शव मुम्बईको बांद्रामा रहेको एउटा फ्ल्याटमा फेला परेको थियो । मुम्बईको  बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए  । सुशांतले ब्याकअप डान्सरको रूपमा आफ्नो क्यारियर शुरू गरेका थिए । टिभीमा उनको पहिलो धारावाहिक बालाजी टेलिफिल्म्स ‘किस देश में है मेरा दिल’  थियो । राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। 

सुशांत सोनचिरिया र चिचोर जस्ता फिल्महरूमा पनि देखा परेका थिए । उनको अन्तिम फिल्म केदारनाथ थियो जसमा उनी सारा अली खानसँगै देखा पर्‍यो।


एजेन्सी