क्रिकेटर साहिद अफ्रिदीलाइ कोरोना संक्रमण


लेखापढी      ३२ जेष्ठ २०७७, आईतवार ०३:०५

क्रिकेटर साहिद अफ्रिदीलाइ कोरोना संक्रमण

एजेन्सी ।  पाकिस्तानी अलराउंडर क्रिकेटर तथा पुर्बकप्तान ४० बर्षीय साहिद अफ्रिदीलाइ कोरोना संक्रमण भएको पुस्टि भएको छ । क्रिकेटर अफ्रिदीले शुक्रवार सामाजिक सञ्जाल ट्विटर मार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन । 

ट्वीटरमा उहाले ल्लेखेका छन -“पछिल्लो बिहिबार देखि मेरो स्वास्थ्य स्तिथि ठिक थिएन, ज्यान ज्यादै दुखेको कारण परिक्षण गराउदा दुर्भाग्यबस कोभिड पोजेटिभ देखियो, स्वास्थ्यलाभको लागि प्रार्थना आबश्यक छ” 

यस अघि पाकिस्तानी क्रिकेटर तफिफ उमर लाइ कोरोना पोजेटिभ देखिएको थियो र अहिले स्वास्थ्यस्तिथि ठिक रहेको छ ।