आन्दाेलनका नयाँ शैली; माइतीघरमा रास्ट्रिय गान बज्दा सुरक्षाकर्मी, नयाँ नक्साको स्वागत


लेखापढी      ३१ जेष्ठ २०७७, शनिबार १४:२०

आन्दाेलनका नयाँ शैली; माइतीघरमा रास्ट्रिय गान बज्दा सुरक्षाकर्मी, नयाँ नक्साको स्वागत

काठमाडाैं । विगत केहि दिनयता हुँदै गरेको प्रदर्शनमा निकै अनौठाे र नयाँ आन्दोलनका शैली देख्न पाइएको छ । शान्त रूपमा धर्ना तर हातमा बोकेका प्ले कार्डहरुले धेरै कुरा बोलेको देखिन्छ ।

आज प्रदर्शंन कै सुरुवातमा बजाइएको रास्ट्रिय गानमा सबैको ध्यान केन्द्रित भएको थियो र सतर्क मुद्रामा सुरक्षाकर्मी लगायत सबैको सम्मान देखियो। आज रहेको प्रदर्शनमा आन्दोलनकारीहरुले सरकारको बिरोध मात्र होइन नया नक्सा बारे खुलेर समर्थन गरेको देखियो । नेपालीहरु आन्तरिक मतभेदमा सरकारकाे बिरोध जनाए पनि रास्ट्रियताको सवालमा सदैब एकताबद्द रहेको संदेश दिएका छन ।